spot_img

विपन्न नागरिकलाई १० प्रतिशत निःशुल्क उपचार, काठमाडौं महानगरको घोषणा

spot_img
spot_img

काठमाडौं,३१ जेठ । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि स्वास्थ्य क्षेत्र सुधार र सेवा विस्तारलाई प्राथमिकतामा राख्दै विपन्न तथा असहाय नागरिकलाई निःशुल्क उपचारको व्यवस्था कडाइका साथ लागू गर्ने घोषणा गरेको छ।

महानगरको नीति तथा कार्यक्रमअनुसार आरोग्य जीवनशैली प्रवर्द्धनका लागि आयुर्वेद, वैकल्पिक चिकित्सा, योग, व्यायाम, प्राणायाम तथा ध्यानजस्ता अभ्यासलाई प्रोत्साहन गरिनेछ। साथै, हाल सञ्चालनमा रहेको निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिँदै साँघुरा सडक र बढ्दो सवारीचापलाई ध्यानमा राखेर बाइक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइने योजना रहेको छ।

महानगरवासीका लागि मिर्गौला रोग उपचारअन्तर्गत डायलासिस सेवा सहजीकरण गरिनेछ भने मातृशिशु तथा प्रजनन स्वास्थ्यसम्बन्धी विशेष कार्यक्रम सञ्चालन गरिनेछ। सार्वजनिक स्थानमा ‘स्तनपान तथा हेरचाह ब्लक’ स्थापना गरी सेवा विस्तार गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।

महानगर क्षेत्रभित्र रहेका अस्पताल तथा स्वास्थ्य संस्थाको नियमित अनुगमन र नियमनमार्फत गुणस्तरीय सेवा सुनिश्चित गरिनेछ। साथै, ती संस्थामार्फत विपन्न तथा असहाय नागरिकलाई १० प्रतिशत निःशुल्क उपचार उपलब्ध गराउने व्यवस्था कडाइका साथ लागू गरिनेछ।

यसैगरी, महानगर अस्पताल निर्माण, मानसिक स्वास्थ्य समस्या न्यूनीकरणका लागि मनोपरामर्श सेवा र कल सेन्टर सञ्चालन, ज्येष्ठ नागरिकका लागि निमोनिया खोप, नियमित स्वास्थ्य परीक्षण तथा आकस्मिक स्वास्थ्य शिविर सञ्चालन पनि प्राथमिकतामा राखिएको छ।

महानगरपालिकाले यी कार्यक्रममार्फत नागरिकलाई गुणस्तरीय, सहज र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय