spot_img

प्रतिनिधिसभामा असार १ देखि मन्त्रालयगत बजेटमाथि विस्तृत छलफल सुरु हुने

spot_img
spot_img

काठमाडाैं,३१ जेठ । प्रतिनिधिसभामा विनियोजन विधेयक २०८३ अन्तर्गत विभिन्न मन्त्रालयहरूको बजेट शीर्षकमाथि आगामी असार १ र २ गते विस्तृत छलफल हुने भएको छ।

संघीय संसद् सचिवालय का अनुसार दुई दिनसम्म चल्ने मन्त्रालयगत छलफलमा सांसदहरूले उठाउने प्रश्न र जिज्ञासाको जवाफ सम्बन्धित मन्त्रीहरूले असार ३ र ४ गते दिने कार्यक्रम तय गरिएको छ।

यसअघि सरकारद्वारा जेठ १५ गते आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गरिएको थियो। प्रतिनिधिसभामा बजेटमाथिको प्रारम्भिक सामान्य छलफल सम्पन्न भइसकेको छ भने अर्थमन्त्री स्वर्णिम वाग्ले ले सांसदका प्रश्नको जवाफ पनि दिइसकेका छन्।

कार्यतालिका अनुसार असार १ गते युवा तथा खेलकुद, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा वातावरण, सूचना तथा सञ्चार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलगायतका शीर्षकमाथि छलफल हुनेछ।

त्यसैगरी शिक्षा, स्वास्थ्य, भूमि व्यवस्था, संघीय मामिला तथा सामान्य प्रशासन, महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालयका बजेटमाथि पनि सोही दिन छलफल हुनेछ।

यी मन्त्रालयसम्बन्धी प्रश्नहरूको जवाफ असार ३ गतेको बैठकमा सम्बन्धित मन्त्रीहरूले दिनेछन्। दोस्रो दिन असार २ गते विज्ञान तथा प्रविधि, कानुन न्याय, पूर्वाधार विकास, गृह, ऊर्जा, परराष्ट्र, अर्थ तथा रक्षा मन्त्रालयका बजेट शीर्षकमाथि छलफल हुनेछ।

त्यसै दिन राष्ट्रपति, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको बजेटमाथि पनि बहस हुने सचिवालयले जनाएको छ।

दोस्रो दिन उठेका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्री तथा निकायका प्रमुखहरूले असार ४ गतेको बैठकमा दिने गरी कार्यतालिका तय गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय