spot_img

कांग्रेसले ३५ वर्षमुनिका युवालाई लक्षित गर्दै क्रियाशील सदस्यता अभियान चलाउने

spot_img
spot_img

काठमाडौं,३१ जेठ । नेपाली कांग्रेसले पार्टीभित्र युवा सहभागिता बढाउने उद्देश्यसहित ३५ वर्षमुनिका युवालाई लक्षित गरी क्रियाशील सदस्यता वितरण गर्ने अभियान सञ्चालन गर्ने भएको छ।

महामन्त्री प्रदीप पौडेल संयोजक रहेको सदस्यता व्यवस्थापन समितिको बैठकले विधानअनुसार युवाकेन्द्रित अभियान अघि बढाउने निर्णय गरेको हो। निर्णयअनुसार नेपाली कांग्रेसको विधान (२०१७ संशोधनसहित) को धारा ४ अनुसार ३५ वर्षमुनिका युवालाई क्रियाशील सदस्यता वितरण गरिनेछ।

पार्टीको नयाँ व्यवस्थाअनुसार प्रत्येक प्रतिनिधि सभा क्षेत्रबाट ३ जना युवा महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था पनि गरिएको छ। पार्टीले पुस्तान्तरण र संगठन सुदृढीकरणलाई जोड दिँदै यसअघि गत पुसमा विशेष महाधिवेशन सम्पन्न गरिसकेको छ, जसले गगन थापा नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो।

अब यो कार्यसमिति आगामी असोजमा हुने १५औँ महाधिवेशनको तयारीमा जुटेको छ। त्यसका लागि क्रियाशील सदस्यता अद्यावधिक गर्ने र नयाँ सदस्यता वितरणका लागि आवेदन खुला गरिएको कांग्रेसले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय