बीरगन्ज,३१ जेठ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालले भारतसहित कुनै पनि देशको भूमि अतिक्रमण नगरेको स्पष्ट पारेका छन्।
आइतबार पर्सामा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफू दुई पटक परराष्ट्रमन्त्री भइसकेको अनुभव उल्लेख गर्दै यस्तो विषयमा अहिलेसम्म कुनै आधिकारिक जानकारी वा प्रमाण आफूले नपाएको बताए।
उनले भारतले पनि हालसम्म नेपालले आफ्नो भूमि मिचेको भनेर औपचारिक दाबी नगरेको अवस्थामा प्रधानमन्त्री बालेन शाहले नेपालले भूमि अतिक्रमण गरेको भन्दै दिएको अभिव्यक्तिप्रति आश्चर्य व्यक्त गरे।
यादवले यस्तो संवेदनशील विषयमा बोल्दा तथ्य र प्रमाण आवश्यक हुने भन्दै प्रधानमन्त्री शाहलाई आफ्नो दाबी पुष्टि गर्न चुनौती दिएका छन्।




