spot_img

कांग्रेसीहरू अहिले आफ्नै पार्टीसँग डराइरहेका छन् : विजयकुमार गच्छदार

spot_img
spot_img

विराटनगर,३१ जेठ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री विजयकुमार गच्छदारले पार्टीभित्र डर र अन्योलको अवस्था देखिएको भन्दै कांग्रेसी कार्यकर्तालाई आत्मविश्वासका साथ अघि बढ्न आग्रह गरेका छन्।

कांग्रेस इतर समूहले विराटनगरमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले अहिले कांग्रेसजनहरू आफ्नै पार्टीभित्र असहज महसुस गरिरहेको टिप्पणी गरे। विगतमा पञ्चायती शासन र माओवादी द्वन्द्वजस्ता कठिन परिस्थितिमा पनि नडराएको कांग्रेस आज किन भयग्रस्त देखिएको भन्दै उनले प्रश्न उठाए।

गच्छदारले विराटनगरको राजनीतिक इतिहास स्मरण गर्दै यो भूमि नेपाली कांग्रेसका महत्वपूर्ण आन्दोलन र राजनीतिक परिवर्तनहरूको केन्द्र रहेको बताए। उनले विश्वेश्वरप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला र नोना कोइरालाको योगदानको चर्चा गर्दै लोकतान्त्रिक आन्दोलनमा विराटनगरको भूमिका उल्लेख गरे।

पार्टीलाई पुनः सशक्त बनाउन नयाँ उत्साह र अभियान आवश्यक रहेको बताउँदै उनले कांग्रेसलाई बलियो बनाउन ‘बिगुल फुक्ने’ समय आएको धारणा राखे। आफ्नो राजनीतिक यात्रा पनि यही क्षेत्रबाट सुरु भएको स्मरण गर्दै उनले कार्यकर्तालाई निराश नहुन आग्रह गरे।

गच्छदारले पार्टीको इतिहास, मूल्य र विरासत जोगाउन सबै तहका नेता–कार्यकर्ता एकताबद्ध हुनुपर्नेमा जोड दिए। साथै, संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउन संगठन विस्तार र सशक्तीकरणमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय