बीरगन्ज,३१ जेठ । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ श्रीपुर पंचगावामा जुवा खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार श्रीपुर बजारस्थित एक घरमा तास खेलिरहेको सूचनाका आधारमा गरिएको छापामार कारबाहीका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले जुवाखालबाट नगद ४१ हजार ३३५ रुपैयाँ तथा पाँच बुक तास बरामद गरेको जनाएको छ। पक्राउ परेका व्यक्तिहरूको नाम र ठेगाना भने सार्वजनिक गरिएको छैन।
प्रहरीका अनुसार पक्राउ गरिएका सबैलाई हिरासतमा राखी जुवा सम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले घटनाबारे पुष्टि गर्दै अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।




