spot_img

सप्तरीका १६ स्थानीय तहबाट प्यान कार्ड सेवा सुरु

spot_img
spot_img

राजविराज,०२ असार । सप्तरी जिल्लाका अधिकांश स्थानीय तहबाट स्थायी लेखा नम्बर (प्यान) कार्डसम्बन्धी सेवा सञ्चालनमा आएको छ।

आन्तरिक राजस्व कार्यालय लहान का अनुसार जिल्लाका १८ स्थानीय तहमध्ये १६ वटामा आवश्यक सम्झौता सम्पन्न भई प्यान कार्डलगायत करदाता सेवा सुरु गरिएको हो।

कार्यालय प्रमुख कर अधिकृत अमित पौडेलका अनुसार राजविराज नगरपालिका र रुपनी गाउँपालिकामा भने कर्मचारी तालिम बाँकी रहेकाले सेवा सुरु हुन बाँकी छ। ती दुई पालिकामा पनि सम्झौता भइसकेको र तालिमपछि सेवा सञ्चालन हुने उनले बताए।

सेवा सञ्चालन भएका पालिकाहरूमा बोदेबरसाइन, सुरुङ्गा, खडक, डाक्नेश्वरी, शम्भुनाथ, कञ्चनरूप, सप्तकोशी, हनुमाननगर नगरपालिका तथा विष्णुपुर, बलान बिहुल, अग्निसाइर कृष्णासवरण, तिरहुत, महादेवा, तिलाठी कोइलाडी, छिन्नमस्ता र राजगढ गाउँपालिका रहेका छन्।

स्थानीय तहमा सेवा विस्तार भएपछि अब नागरिकले प्यान कार्ड बनाउन सदरमुकाम वा करदाता कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ।

विष्णुपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उज्ज्वल आनन्दका अनुसार सेवाको स्थानीयकरणले समय र खर्च दुवै बचत हुनुका साथै सरकारी सेवा नागरिकको नजिक पुगेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय