spot_img

कक्षा १२ को नतिजा ४० दिनमै सार्वजनिक हुनु सुशासनको उदाहरण : मन्त्री पोखरेल

spot_img
spot_img

काठमाडौँ,०५ असार । शिक्षा तथा खेलकुदमन्त्री तथा सरकारका प्रवक्ता स्मृति पोखरेल ले कक्षा १२ को नतिजा परीक्षा सम्पन्न भएको ४० दिनभित्रै सार्वजनिक हुनु सुशासन र शैक्षिक सुधारको महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।

शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै उनले नतिजा छिटो सार्वजनिक हुनुले समग्र शैक्षिक क्यालेन्डरलाई व्यवस्थित बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे।

उनका अनुसार विगतमा कक्षा १२ को नतिजा सार्वजनिक गर्न तीन महिनाभन्दा बढी समय लाग्ने गरेकोमा यस पटक प्रशासनिक प्रक्रियालाई चुस्त बनाउँदै ४० दिनमै नतिजा निकाल्न सफल भएको हो।

मन्त्री पोखरेलले ढिलो नतिजाका कारण विश्वविद्यालय भर्ना, कक्षा सञ्चालन र शैक्षिक तालिका नै प्रभावित हुने समस्या अन्त्यतर्फ गएको बताए। अब विश्वविद्यालयहरू पनि समयमै भर्ना र परीक्षा प्रक्रिया अघि बढाउने तयारीमा रहेको उनले जानकारी दिए।

उनले यसलाई केवल समय घटाउने विषय मात्र नभई प्रशासनिक दक्षता र सुशासनको स्पष्ट उदाहरण भएको टिप्पणी गरे।

परीक्षामा सहभागी विद्यार्थीलाई बधाई दिँदै उनले अपेक्षित नतिजा नआएका विद्यार्थीलाई निराश नहुन आग्रह गरे। साथै पूरक तथा ग्रेड वृद्धि परीक्षाको तयारीमा जुट्न सुझाव दिँदै आगामी शैक्षिक अवसरहरू पर्याप्त रहेको उल्लेख गरे।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय