काठमाडौं,०७ असार । आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार ३ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । गत आइतबार सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार २ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदी आज तोलामा ५० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ६४० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६९० रुपैयाँ कायम भएको छ । गत आइतबार चाँदीको भाउ प्रतितोला ४ हजार ८९५ रुपैयाँ थियो ।




