spot_img

पर्साको पाँडेपुरबाट २० खसी–बाख्रा र पिकअपसहित २ जना पक्राउ

spot_img
spot_img

वीरगन्ज,०७ असार । पर्साको जगरनाथपुर गाउँपालिका–३ पाँडेपुरबाट प्रहरीले तस्करीको आशंकामा खसी–बाख्रा र पिकअप गाडीसहित दुई जनालाई पक्राउ गरेको छ।

भारतबाट भन्सार राजस्व छलेर नेपाल भित्र्याइएको आशंकामा बागमती प्रदेश ०३–००१ च १४८५ नम्बरको पिकअप गाडीमा लोड गरिएको २० वटा चौपाया नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

नियन्त्रणमा लिइएका चौपायामध्ये १५ वटा बाख्रा, ४ वटा खसी र १ वटा बोका रहेका छन्। गाडीमा सवार चालकसहित दुई जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि आइतबार वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय