काठमाडौं, १० गैशाख ।नेपाल प्रहरीका पूर्वमहानिरीक्षक दुर्लभ कुमार थापाको ९७ वर्षको उमेरमा निधन भएको छ। लामो समयसम्म प्रहरी सेवामा समर्पित थापाको निधन मंगलबार भएको हो।
थापाले २०३५ सालमा नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) को जिम्मेवारी सम्हालेका थिए। उनले प्रहरी संगठनको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएका थिए।
उनकै नेतृत्वमा निमित्त आईजीपी निवास, कमाण्डो तालिम, पर्यटक प्रहरी र प्रहरी पहरा गण स्थापना भएका थिए, जसले संगठनात्मक सुदृढीकरणमा नयाँ अध्यायको सुरुवात गर्यो।
सन् २०१३ मा थापालाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जबाट लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो।
धनगढी, ३ चैत्र । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा ग्यास सिलिन्डर पड्किँदा तीन जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका-६ मटियारीस्थित मिना खड्काको घरमा सिलिन्डर...
धनगढी, २ चैत्र । धनगढीमा नुहाउने क्रममा नदीमा डुबेर दुई किशोरको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१९ फूलबारीमा मोहना नदीमा नुहाउने क्रममा डुबेर सोही...
काठमाडौं, २८ फागुन । काठमाडौं महानगरपालिका–१६ बालाजु वसन्तनगर गुम्बा बिट नजिक मन्दिर परिसरमा एक पुरुषको शव फेला परेको छ ।नुवाकोट ढिकुरे घर बताउने अन्दाजी...
पाल्पा, २० फागुन । पाल्पामा बाबुछोरीको कुटपिटबाट एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बगनासकाली गाउँपालिका–२, पोखराथोकका ३९ वर्षीय यज्ञबहादुर कुमाल रहेको प्रहरीले...
काभ्रेपलाञ्चोक, १६ फागुन । सुक्खा पहिरो जाँदा नमोबुद्ध नगरपालिका–१ कानाकोटमा आज एक मजदुरको घटनास्थलमै मृत्यु भएको छ ।
वृद्धाश्रमको भवन बनाउने क्रममा माथिबाट सुक्खा पहिरो...