वीरगन्ज,माघ २४ । वीरगन्ज महानगरपालिका–८ मा विभिन्न राजनीतिक दल परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गर्ने क्रम बढेको छ। शनिबार आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता अकबर हवारी, लक्ष्मण नेपालीलगायतको नेतृत्वमा सयौँ नेता तथा कार्यकर्ताहरू औपचारिक रूपमा एमालेमा प्रवेश गरेका हुन्।
कार्यक्रममा नवप्रवेशी नेताहरूले देश विकास, सुशासन र समृद्ध नेपालको लक्ष्यसहित एमालेको नीति, सिद्धान्त र नेतृत्वप्रति विश्वास व्यक्त गरेका थिए। उनीहरूले राष्ट्रिय समृद्धि र स्थायित्वका लागि एमाले उपयुक्त राजनीतिक शक्ति भएको धारणा राखे।
कार्यक्रमका वक्ताहरूले जनताको भरोसाको पार्टीका रूपमा एमाले थप सशक्त बन्दै गएको उल्लेख गर्दै वीरगन्ज–८ मा पार्टी संगठन अझ मजबुत हुने विश्वास व्यक्त गरे। पार्टी नेतृत्वले नवप्रवेशीहरूलाई स्वागत गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा लक्ष्य पूरा गर्न सबैलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेको छ।

