spot_img

प्रधानाध्यापक अब्दुल सत्तार अन्सारीको निधनमा भोलि जीतपुरसिमराका सबै विद्यालय बन्द

spot_img
spot_img

बीरगन्ज,१६ असार । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत (निजी) विद्यालयमा भोलि असार १७ गते (बुधबार) एक दिन शोक बिदा रहने भएको छ।

जीतपुरसिमरा उपमहानगरपालिका–७, जीतपुरस्थित मदरसा इस्लामियाका प्रधानाध्यापक अब्दुल सत्तार अन्सारीको असार १५ गते भएको असामयिक निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उपमहानगरपालिकाले शोक बिदा दिने निर्णय गरेको हो।

नगर कार्यपालिकाको कार्यालयले मंगलबार जारी गरेको सूचनामा दिवंगत अन्सारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गरिएको छ भने शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।

सूचनाअनुसार स्वर्गीय अन्सारीले शिक्षा क्षेत्र, विशेषगरी मदरसा शिक्षाको विकास र शैक्षिक उत्थानमा पुर्‍याएको उल्लेखनीय योगदानको सम्मानस्वरूप उपमहानगरपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण शिक्षण संस्थामा असार १७ गते एक दिन शोक बिदा घोषणा गरिएको हो।

निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसादद्वारा हस्ताक्षरित सूचनामा उक्त निर्णय तत्काल कार्यान्वयन गर्न सम्बन्धित सबै विद्यालयलाई अनुरोध गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय