spot_img

कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छ : शेखर कोइराला

spot_img
spot_img

विराटनगर,३० जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुने बताएका छन्।

गिरिजाप्रसाद कोइराला लेबर फाउण्डेशनद्वारा विराटनगरमा आयोजित श्रमिकलाई दिने व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी सचेतना तालिमको आज उद्घाटन गर्दै नेता डा. कोइरालाले पार्टी बलियो भए संविधानको कार्यान्वयन र लोकतन्त्र मजबुत हुने धारणा राखे।

नेता डा. कोइरालाले पार्टीभित्र देखिएको तिक्तता हटाउन पार्टीमा बृहत् एकता आवश्यक रहेको चर्चा गरे। उनले पार्टी संगठित बनाउन आफू एकता अभियानमा लागेको बताए। उनले भने, “अहिले संघीय संसद्मा संख्यात्मक रूपमा कांग्रेस कमजोर रहेकाले पार्टीलाई एक ढिक्का बनाएर लैजानुको विकल्प छैन।”

नेता डा. कोइरालाले पार्टीमा विवाद आउनुको कारणबारे नेतृत्व तहले सबैसँग बसेर वार्ता एवं छलफलबाट समाधान खोज्नुपर्ने बताए।

spot_img

ताजा अपडेट

लोकप्रिय