[ndc-today-date]
[ndc-today-date]

बीरगन्ज महानगरमा जनसम्पर्क सल्लाहकारको...

बीरगन्ज,०८ जेठ । बीरगन्ज महानगरपालिकाले सञ्चार तथा जनसम्पर्कलाई थप व्यवस्थित र प्रभावकारी बनाउन...

एनसीएचएलको अध्यक्षमा चेतप्रसाद उप्रेती...

काठमाडौं,०८ जेठ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा नेपाल राष्ट्र...

रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा...

दोलखा,०८ जेठ । रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन्...

राजावादीको आन्दोलनमाथि नै प्रतिबन्ध...

काठमाडौं,०८ जेठ । राजसंस्थाको पुनःस्थापनाको पक्षमा जुट्दै गरेका राजावादीहरूको आन्दोलनमाथि सरकारले कडा निगरानी...
spot_imgspot_imgspot_img
26.1 C
Kathmandu
36.3 C
Birgunj
spot_imgspot_imgspot_img

श्रीलंकामा बम विस्फोट हुंदा यसरी बाचेको रहेछ विनोद चौधरीको होटल

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ, १३ बैशाख — विश्व सूचीमा रहेका नेपालका विनोद चौधरीको श्रीलंकामा रहेको पाँचतारे होटल ताज समुन्द्र आत्मघाती बम बिस्फोटबाट मुस्किलले जोगिएको छ ।

- Advertisement -

आइतबार अन्तर्रा्ष्ट्रिय आतकंकारी संस्था इस्लामिक स्टेट (आइएस) ले राजधानी कोलम्बोमा गरेको श्रृंखलाबद्ध आत्मघाती बम हमलाबाट चौधरीको होटल जोगिएको हो ।

प्रहरीका अनुसार आइएसको आत्मघाती बम हमलाको ‘टार्गेट’ उनको होटल पनि थियो । आइएसका एक आत्मघाती आक्रमणकारी बिस्फोटक सामाग्री झोलाभरी बोकेर होटलमा पुगेको श्रीलंकाका अधिकारीहरुलाई उदृत गर्दै न्यूयोर्क टाइम्सले जनाएको छ ।

- Advertisement -

ती आक्रमणकारीले दुई पटक बम पड्काउन खोजेको तर, प्राविधिक समस्याले नपड्किएको प्रहरीले जनाएको छ । त्यसपछि समुन्द्र किनारमा रहेको पाँच तारे होटलबाट निस्किएर आक्रमणकारी नजिकैको एउटा सानो होटेलमा पसेका थिए । त्यहीँ बम बिस्फोट भएर उनको मृत्यु भएको थियो ।

सानो होटलमा पसेर प्राविधिक समस्या सुल्झाउन खोज्दा खोज्दै बम पड्केको अनुमान प्रहरीले गरेको छ । ताज समुन्द्रमा बम पडकेको भए श्रीलंका आक्रमणमा मर्नेको संख्या अझ धेरै बढ्न सक्ने श्रीलंकन प्रहरीले जनाएको छ । समुन्द्री तटमा रहेको कोलम्वोको प्रख्यात ‘ताज समुन्द्र’ प्रायजसो विदेशी पर्यटकहरुको भरिभराउ हुने गर्छ ।

‘ताज समुन्द्र’ भारतको प्रसिद्ध ‘ताज समुह’ सँगको साझेदारीमा विदेशमा चौधरीले खोलेको पहिलो पाँचतारे होटल हो । अहिले चौधरी समूहले संसारभर कैयौं होटल र रिसोर्ट चेन संचालन गरिरहेको छ ।

यसअघि आक्रमणमा ३ सय ५९ जना मानिसको मृत्यु भएको भनिए पनि सरकारले पहिले भनिए भन्दा झण्डै १०० जना कम भएको जनाएको छ । श्रीलंकाको स्वास्थ्य मन्त्रालयले बम आक्रमणमा मर्नेको संख्या २५३ जना मात्र रहेको जनाएको छ ।

ताजा समाचार

spot_img

थप समाचार