शनि, अशोज १३, २०८०
Sat, September 30, 2023
शनि, अशोज १३, २०८०
Sat, September 30, 2023
26.6 C
Kathmandu
27.1 C
Kathmandu
34.2 C
Birgunj

साना नानीहरूलाई मोबाइल तथा टिभीको लतबाट कसरी जोगाउने ?

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

स–साना नानीहरू अहिले मोबाइलका गेम तथा टिभीमा आउने कार्टुनमा निकै रमाएको पाइन्छ । अभिभावकहरू पनि चकचक र बदमासीमा नलाग्ने हुँदा नानीहरू मोबाइलमा रमाउँदा राहतको अनुभव गर्छन् । यद्यपि अत्यधिक मोबाइल प्रयोगले नानीहरूलाई गर्ने क्षतिका बारेमा अभिभावकहरू समयमै जानकार हुनुपर्छ ।

- Advertisement -

अध्ययन–अनुसन्धानहरूले मोबाइलमा धेरै गेम खेल्ने, हेर्ने तथा सामाजिक सञ्जाल चलाउने बानीले कालान्तरमा नकारात्मक असर पर्ने प्रमाणित गरेका छन् । जसरी लागूऔषध सेवन गर्ने व्यक्तिले चाहेको बेलामा त्यस्ता पदार्थ नपाउँदा अस्वाभाविक व्यवहार देखाउँछन् त्यसैगरी मोबाइलमा गेम खेल्ने लत लागेका बालबालिकाले चाहेको समयमा खेल्न नपाउँदा अस्वाभाविक गतिविधि प्रस्तुत गर्छन् ।

मोबाइलको प्रयोगबाट नानीहरूले केही हदसम्म नयाँ कुरा सिके पनि समग्रमा उनीहरूलाई अरु धेरै घाटा भैरहेको हुन्छ । नानीहरूलाई मोबाइलको लतबाट जोगाउने केही सरल उपाय पनि छन् । जस्तै– मोबाइल नानीहरूले नभेट्ने ठाउँमा राख्नुपर्छ ।साना शिशुहरूलाई सकेसम्म घरमा एक्लै छाड्नु हुँदैन र उनीहरूका गतिविधिका बारेमा नियमित अनुगमन गरिरहनुपर्छ ।

- Advertisement -

मोबाइलमा उनीहरू कुन गेम, कार्टुन, भिडियो वा चित्रमा आकर्षित छन् त्यसको निरीक्षण गरी बाहिर सोही कुरामा इन्गेज गराउँदा बालबालिकामा सिर्जनशीलता बढ्नुका साथै ऊनीहरूको सक्रियता अतिरित्त क्रियाकलापमा वृद्धि हुँदै जान्छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -