Date
शनि, असार ७, २०८२
Sat, June 21, 2025
Date
शनि, असार ७, २०८२
Sat, June 21, 2025

राजविराज भन्सारबाट ११ महिनामा...

राजविराज,०७ असार । राजविराज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा...

जनावर तर्साउने विद्युतीय धराप...

जनकपुर,०७ असार । जङ्गली जनावरबाट बाली जोगाउन खेतमा जडान गरिने विद्युतीय धराप किसानहरूको...

बजेट वितरणमा बेइमानी नगर्न...

काठमाडौं,०७ असार । नेकपा (एकीकृत समाजवादी) का सांसद कृष्णकुमार श्रेष्ठले बजेट विनियोजनमा गरिएको...

पीस जोन एकेडेमीद्धारा चिसो...

बीरगन्ज,०७ असार । बीरगन्जको बसपार्क क्षेत्रमा शनिवार पीस जोन एकेडेमीका विद्यार्थीहरूले यात्रु र...
spot_imgspot_imgspot_img
22.3 C
Kathmandu
33.6 C
Birgunj
spot_imgspot_imgspot_img

सिके राउतको आरोप – राहत कोषको राकममा मुख्यमन्त्रीले चरम दुरुपयोग गर्यो

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । जनमत पार्टीका संयोजक सिके राउतले प्रदेश २ मा आँधी प्रभावितका लागि आएको राहतमा चरम दुरुपयोग भएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै संयोजक राउतले बारा र पर्सामा अघिल्लो महिना आएको हावाहुरी प्रभावितलाई दिनुपर्ने राहत कोषको चरम दुरुपयोग भएको दावी गरेका छन् ।

- Advertisement -

राउतका अनुसार राहतकोषको रकम रामभरोस कापडीलाई मैथिली नाटक महोत्सव गर्नका लागि ५ लाख, कुशिन बुदो काई कराँते संघलाई ५ लाख, शिन क्योकुसन कराँते संघलाई ४ लाख, युनाइटेड क्रिकेट क्लब वीरगञ्जलाई ४ लाख, धनुषाको लक्ष्मीनियाँ यज्ञका लागि ५ लाख र ज्येष्ठ नागरिक सम्मेलनका लागि भन्दै ३ लाख रुपैयाँ वितरण गरेको आरोप लगाएका छन् ।

त्यस्तै मैथिली विकास कोष जीवनाथ चौधरीलाई १० लाख, ३ सर्लाहीको कडेना धार्मिक कार्यक्रमका लागि १ लाख, हिन्दी सम्मेलनका लागि राजेश्वर नेपालीलाई ५ लाख, ३ जनकपुरधाममै जेसिसको राष्ट्रिय सम्मेलनमा ५ लाख, जनकपुरधाममा शहीद कप क्रिकेट प्रतियोगिताका लागि ७ लाख, ६ जना राज्यमन्त्रीको आवास व्यवस्थापनका लागि ४–४ लाख रुपैयाँ वितरण गरेको आरोप लगाएका छन् । राउतले रिपोर्टर्स क्लब नेपालको वार्षिकोत्सवका लागि समेत १ लाख रुपैयाँ वितरण गरेको आरोप लगाएका छन् ।

मुख्यमन्त्री राउतले मुख्यमन्त्री राहत कोष २ नम्बर प्रदेशको नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायता निर्देशिका २०७५ को प्रावधान विपरीत व्यक्ति तथा संघसंस्थालाई जथाभावी रकम वितरण गरी कोषको चरम दुरुपयोग गरेको आरोप राउतको छ ।

ताजा समाचार

spot_img

थप समाचार