Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026
Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026

आईसीसी टी–२० विश्वकप :...

काठमाडाै,०३ फागुन । आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल जारी...

पर्साका ७६ सय बालिकाले...

बीरगन्ज,०३ फागुन । पर्साका ७६ सय बालिकाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि लक्षित...

एक करोड ९१ लाख...

काठमाडौं,०३ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका...

प्रतिनिधिसभा निर्वाचन प्रचारप्रसार फागुन...

बीरगन्ज,०३ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८...
spot_img

सिके राउतको आरोप – राहत कोषको राकममा मुख्यमन्त्रीले चरम दुरुपयोग गर्यो

spot_img

काठमाडौं । जनमत पार्टीका संयोजक सिके राउतले प्रदेश २ मा आँधी प्रभावितका लागि आएको राहतमा चरम दुरुपयोग भएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै संयोजक राउतले बारा र पर्सामा अघिल्लो महिना आएको हावाहुरी प्रभावितलाई दिनुपर्ने राहत कोषको चरम दुरुपयोग भएको दावी गरेका छन् ।

राउतका अनुसार राहतकोषको रकम रामभरोस कापडीलाई मैथिली नाटक महोत्सव गर्नका लागि ५ लाख, कुशिन बुदो काई कराँते संघलाई ५ लाख, शिन क्योकुसन कराँते संघलाई ४ लाख, युनाइटेड क्रिकेट क्लब वीरगञ्जलाई ४ लाख, धनुषाको लक्ष्मीनियाँ यज्ञका लागि ५ लाख र ज्येष्ठ नागरिक सम्मेलनका लागि भन्दै ३ लाख रुपैयाँ वितरण गरेको आरोप लगाएका छन् ।

त्यस्तै मैथिली विकास कोष जीवनाथ चौधरीलाई १० लाख, ३ सर्लाहीको कडेना धार्मिक कार्यक्रमका लागि १ लाख, हिन्दी सम्मेलनका लागि राजेश्वर नेपालीलाई ५ लाख, ३ जनकपुरधाममै जेसिसको राष्ट्रिय सम्मेलनमा ५ लाख, जनकपुरधाममा शहीद कप क्रिकेट प्रतियोगिताका लागि ७ लाख, ६ जना राज्यमन्त्रीको आवास व्यवस्थापनका लागि ४–४ लाख रुपैयाँ वितरण गरेको आरोप लगाएका छन् । राउतले रिपोर्टर्स क्लब नेपालको वार्षिकोत्सवका लागि समेत १ लाख रुपैयाँ वितरण गरेको आरोप लगाएका छन् ।

मुख्यमन्त्री राउतले मुख्यमन्त्री राहत कोष २ नम्बर प्रदेशको नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायता निर्देशिका २०७५ को प्रावधान विपरीत व्यक्ति तथा संघसंस्थालाई जथाभावी रकम वितरण गरी कोषको चरम दुरुपयोग गरेको आरोप राउतको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय