Date
मङ्ल, बैशाख १६, २०८२
Tue, April 29, 2025
Date
मङ्ल, बैशाख १६, २०८२
Tue, April 29, 2025

जीतपुरसिमरा उपमहानगरमा नदीजन्य ठेक्का...

बीरगन्ज,१६ वैशाख । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा चालु आर्थिक वर्षमा नदीजन्य पदार्थको ठेक्का बन्दोबस्त...

शिक्षा ऐन ल्याउन नसक्ने...

काठमाडौँ,१६ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक सांसद ज्ञानबहादुर शाहीले शिक्षा ऐनसमेत...

विद्युत् प्राधिकरणले प्राविधिक कारण...

काठमाडौँ,१६ वैशाख । नेपाल विद्युत् प्राधिकरणले मंगलबार सार्वजनिक गर्ने भनिएको श्वेतपत्र प्राविधिक कारण...

मकवानपुरमा रुखले च्याप्दा एक...

मकवानपुर,१६ वैशाख । मकवानपुरको बागमती गाउँपालिका–३ स्थित देउजोरमा रुख काट्ने क्रममा च्यापिएर एक...
spot_imgspot_imgspot_img
23.1 C
Kathmandu
33.6 C
Birgunj
spot_imgspot_imgspot_img

भारतमा उल्टियो टिक टक फुकुवा, अदालतको आदेश

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । भारतको मद्रास उच्च अदालतले लोकप्रिय एप ‘टिक टक’ माथि लगाइएको प्रतिबन्ध हटाएको छ । अदालतले बुधबार भएको सुनवाईपछि प्रतिबन्ध हटाएको हो ।

- Advertisement -

भारतमा टिक टक प्रतिवन्धित हुँदा चिनीया कम्पनी बाइटडान्स टेक्नोलोजीलाई दैनिक ३.५ करोड रुपैयाँ घाटा भइरहेको थियो । कम्पनीले भारतमा एक अर्ब डलरको लगानी थप्ने तयारी गरिरहँदा सरकारले चालेको कदमले उसलाई ठूला धक्का लागेको थियो ।

यसअघि मद्रास उच्च अदालतले नै अश्लीलता फैलाएको भन्दै टिक टकमाथि रोक लगाएको थियो । त्यसपछि सरकारले गुगल र एप्पललाई आफ्नो एप स्टोरबाट टिक टक हटाउन अनुरोध गर्‍यो । सो बमोजिम गुगल र एप्पलले टिक टक हटाएका थिए । त्यसैले भारतमा नयाँ प्रयोगकर्ताले टिक टक डाउनलाडेड गर्न नसक्ने अवस्था थियो । पहिल्यै डाउनलोड गरेकाहरुले भने प्रयोग गर्न प्रतिवन्ध थिएन ।

- Advertisement -

अदालतको आदेशपछि बाइटडान्सले पुनरावेदन गर्‍यो । साथै सर्वोच्च अदालतमा पनि उसले पुनरावेदन गरेको थियो । सर्वोच्चले यो विषयलाई मद्रास अदालतमै पठाइदियो । मद्रास अदालतले पुनरावेदनको सुनवाई गर्दै आफ्नो आदेश उल्टाएको हो । अब भारतमा टिक टक डाउनलोड गर्नु अवैध मानिने छैन ।

अदालतको नयाँ आदेशपछि कम्पनीले खुशी व्यक्त गरेको छ, ‘हामी यो निर्णयबाट हुशी छौं । भारतमा टिक टकलाई धेरै माया गरिन्छ । अब थप प्रयोगकर्ताहरु यसमा आवद्ध हुने विश्वास लिएका छौं,’ कम्पनीका एक प्रवक्ताले सीएनएनलाई भनेका छन् ।

१५ सेकेन्डको छोटो भिडियोहरु सेयर गर्ने प्लेटफर्मको रुपमा रहेको टिक टकका भारतमा ३ करोडभन्दा बढी प्रयोगकर्ता छन् । विश्वभर यसका १ अर्बभन्दा बढी प्रयोगकर्ता छन् । टिक टकले भारतमा लगानी बढाउने तयारी गरिररहेको थियो ।

ताजा समाचार

spot_img

थप समाचार