Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

प्रतिनिधिसभा निर्वाचन: आज उम्मेदवारविरुद्ध...

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता...

पर्सामा प्रतिनिधिसभा निर्वाचन: चार...

  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा जिल्लाका चारवटै निर्वाचन...

पूर्वमुख्यमन्त्री सिंहले सप्तरी–२ बाट...

सप्तरी,०६ माघ । पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा...

प्रतिनिधिसभा निर्वाचनका लागि भारतबाट...

काठमाडौँ,०६ माघ । भारत सरकारले नेपालको प्रतिनिधिसभा निर्वाचन व्यवस्थापनका लागि ५३८ वटा सवारी...
spot_imgspot_imgspot_img
6.2 C
Kathmandu
12.1 C
Birgunj
spot_img

भारतमा उल्टियो टिक टक फुकुवा, अदालतको आदेश

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । भारतको मद्रास उच्च अदालतले लोकप्रिय एप ‘टिक टक’ माथि लगाइएको प्रतिबन्ध हटाएको छ । अदालतले बुधबार भएको सुनवाईपछि प्रतिबन्ध हटाएको हो ।

भारतमा टिक टक प्रतिवन्धित हुँदा चिनीया कम्पनी बाइटडान्स टेक्नोलोजीलाई दैनिक ३.५ करोड रुपैयाँ घाटा भइरहेको थियो । कम्पनीले भारतमा एक अर्ब डलरको लगानी थप्ने तयारी गरिरहँदा सरकारले चालेको कदमले उसलाई ठूला धक्का लागेको थियो ।

यसअघि मद्रास उच्च अदालतले नै अश्लीलता फैलाएको भन्दै टिक टकमाथि रोक लगाएको थियो । त्यसपछि सरकारले गुगल र एप्पललाई आफ्नो एप स्टोरबाट टिक टक हटाउन अनुरोध गर्‍यो । सो बमोजिम गुगल र एप्पलले टिक टक हटाएका थिए । त्यसैले भारतमा नयाँ प्रयोगकर्ताले टिक टक डाउनलाडेड गर्न नसक्ने अवस्था थियो । पहिल्यै डाउनलोड गरेकाहरुले भने प्रयोग गर्न प्रतिवन्ध थिएन ।

अदालतको आदेशपछि बाइटडान्सले पुनरावेदन गर्‍यो । साथै सर्वोच्च अदालतमा पनि उसले पुनरावेदन गरेको थियो । सर्वोच्चले यो विषयलाई मद्रास अदालतमै पठाइदियो । मद्रास अदालतले पुनरावेदनको सुनवाई गर्दै आफ्नो आदेश उल्टाएको हो । अब भारतमा टिक टक डाउनलोड गर्नु अवैध मानिने छैन ।

अदालतको नयाँ आदेशपछि कम्पनीले खुशी व्यक्त गरेको छ, ‘हामी यो निर्णयबाट हुशी छौं । भारतमा टिक टकलाई धेरै माया गरिन्छ । अब थप प्रयोगकर्ताहरु यसमा आवद्ध हुने विश्वास लिएका छौं,’ कम्पनीका एक प्रवक्ताले सीएनएनलाई भनेका छन् ।

१५ सेकेन्डको छोटो भिडियोहरु सेयर गर्ने प्लेटफर्मको रुपमा रहेको टिक टकका भारतमा ३ करोडभन्दा बढी प्रयोगकर्ता छन् । विश्वभर यसका १ अर्बभन्दा बढी प्रयोगकर्ता छन् । टिक टकले भारतमा लगानी बढाउने तयारी गरिररहेको थियो ।

ताजा समाचार

थप समाचार