Date
सोम, असार २, २०८२
Mon, June 16, 2025
Date
सोम, असार २, २०८२
Mon, June 16, 2025

त्रिदेशीय टी२० शृंखलाः आज...

काठमाडौं,०२ असार । स्कटल्याण्डमा जारी त्रिदेशीय टी(२०आई शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले आज...

पर्सामा २,४०० अवैध ब्रोइलर...

बीरगन्ज,०२ असार । सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण मुख्यालय पर्साबाट खटिएको...

सांसद महतोको प्रश्न :...

काठमाडौं,०२ असार । सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक एवं सांसद...

गैंडाको आक्रमणबाट एक जनाको...

चितवन,०२ असार । चितवनको मेघौलीमा गैंडाको आक्रमणबाट एक व्यक्तिको ज्यान गएको छ। भरतपुर...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
31.9 C
Birgunj
spot_imgspot_imgspot_img

इंग्लिस प्रिमियर लिगकाे शीर्ष स्थानमा लिभरपुल, हर्डल्सफिल्डमाथि पाँच-शून्यको सानदार जित

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले हर्डल्सफिल्डमाथि पाँच-शून्यको सानदार जित निकाल्दै शीर्ष स्थानमा उक्लिएपछि उपाधिको होड झन रोमाञ्चक मोडमा पुगेको छ ।

- Advertisement -

घरेलु मैदान एन्फिल्डमा भएको खेलमा लिभरपुलको जितमा साडियो माने र मोहम्मद सलाहले दुई-दुई गोल गरे । खेलको १५ औं सेकेण्डमा नै नेवी केइटाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि २३ औं मिनेटमा साडियो मानेको गो मार्फत लिभरपुलले स्कोरबोर्डमा अग्रता दुई-शून्यमा पुर्‍यायाे ।

त्यसपछि पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा सलाहले टिमका लागि तेस्रो गोल गरे । पहिलो हाफमा तीन-शून्यको अग्रता बनाएको लिभरपुलले घरेलु दर्शकमाझ दोस्रो हाफमा थप दुई गोल गर्‍यो ।

- Advertisement -

६६ औं मिनेटमा मानेले र ८३ औं मिनेटमा सलाहले नै गोल गरे । सलाह लगातार तीन सिजन प्रिमियर लिगमा २० गोल पार गर्ने तेस्रो खेलाडी बनेका छन् । यसका साथै लिभरपुलले अंक तालिकामा ९१ अंक बनाएको छ । प्रिमियर लिगमा ९० अंक पार गर्ने टिमले अहिलेसम्म लिगको उपाधि जितेको इतिहास छ ।

तर यसपटक लिभरपुललाई म्यानचेस्टर सिटीले कडा टक्कर दिइरहेको छ । उसले अब आफ्नो खेलमा बर्नलीलाई हराएमा फेरि शीर्ष स्थानमा उक्लन सक्नेछ । एक खेल कम खेलेकाे सिटीको ८९ अंक रहेको छ । लिभरपुलले अब प्रिमियर लिगमा न्यूक्यासल र उल्भ्ससँग खेल्न बाँकी छ ।

ताजा समाचार

spot_img

थप समाचार