Date
शनि, असार ७, २०८२
Sat, June 21, 2025
Date
शनि, असार ७, २०८२
Sat, June 21, 2025

राजविराज भन्सारबाट ११ महिनामा...

राजविराज,०७ असार । राजविराज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा...

जनावर तर्साउने विद्युतीय धराप...

जनकपुर,०७ असार । जङ्गली जनावरबाट बाली जोगाउन खेतमा जडान गरिने विद्युतीय धराप किसानहरूको...

बजेट वितरणमा बेइमानी नगर्न...

काठमाडौं,०७ असार । नेकपा (एकीकृत समाजवादी) का सांसद कृष्णकुमार श्रेष्ठले बजेट विनियोजनमा गरिएको...

पीस जोन एकेडेमीद्धारा चिसो...

बीरगन्ज,०७ असार । बीरगन्जको बसपार्क क्षेत्रमा शनिवार पीस जोन एकेडेमीका विद्यार्थीहरूले यात्रु र...
spot_imgspot_imgspot_img
22.3 C
Kathmandu
33.6 C
Birgunj
spot_imgspot_imgspot_img

प्रअको छोराको विहेको लागि ४ दिन विद्यालय बन्द

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

रामकिशोर चौधरी/सखुवाप्रसौनी १४ बैशाख
पर्साको जगरनाथपुर गाउँपालिका वडा नं.४ टोल हरपुरमा रहेको श्री दुर्गा प्राथमिक बिद्यालय हरपुरका प्रधानाध्यापक हृद्यनाराण यादवको छोराको बिहे भएको कारण ४ दिन देखि विद्यालय बन्द रहेको स्थानियहरुले बताएका छन् ।

- Advertisement -

२५२ जना बिद्यार्थीहरु अध्यनरत रहेको सो बिद्यालयमा ६ जना शिक्षकशिक्षिकाहरु रहेको भए पनि प्रअको छोराको विहे भएको कारण विद्यालय नै बन्द गरिएको स्थानियहरुको भनाई छ । बिधार्थी अभिभावक कसैलाई जानकारी नै नगराई बिदालय बन्द गरिए पछि पढन गएका विद्यार्थीहरु घर फर्किएको स्थानिय गौरा चौधरीले बताउनु भयो । स्थानियहरुका अनुसार प्रअ यादवको लापरवाहीका कारण कतिपय शिक्षकहरु विद्यालय नै आएन भने अधिकाशं शिक्षकहरु जन्ती गएको स्थानियहरुले वताए ।

स्कुलमा पढाई नै हुने गरेको तथा विना प्रयोजन विदा हुन थाले पछि वालवालिका भविष्य नै अन्धकारमा पर्ने खतरा बढदै गएको स्थानियहरुको भनाई छ ।

पढन आएका विद्यार्थीहरु लगातर विद्यालय बन्द छ कि खुल्ला भने वारे अन्यौलमा पर्ने गरेका छन् । धेरै अभिभावकहरु आफ्ना वालबच्चाहरुको नाम अन्य विद्यालय तथा निजि वोडिङ्ग स्कुलमा लेखाउँन थालेको तथा विद्यालयमा विद्यार्थीहरुको संख्या घट्दै गएको स्थानिय गौरा चौधरीले वताउनु भयो ।

सरकारको नियमको धज्जी उडाउँदै प्रअको छोराको विहेका लागि स्कुल बन्द भई रहदा स्थानिय सरकार मुखदर्शक बनेको स्थानिय वासीको आरोप छ ।

ताजा समाचार

spot_img

थप समाचार