Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

प्रतिनिधिसभा निर्वाचन: आज उम्मेदवारविरुद्ध...

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता...

पर्सामा प्रतिनिधिसभा निर्वाचन: चार...

  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा जिल्लाका चारवटै निर्वाचन...

पूर्वमुख्यमन्त्री सिंहले सप्तरी–२ बाट...

सप्तरी,०६ माघ । पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा...

प्रतिनिधिसभा निर्वाचनका लागि भारतबाट...

काठमाडौँ,०६ माघ । भारत सरकारले नेपालको प्रतिनिधिसभा निर्वाचन व्यवस्थापनका लागि ५३८ वटा सवारी...
spot_imgspot_imgspot_img
6.2 C
Kathmandu
12.1 C
Birgunj
spot_img

प्रदेश २ सरकारले कर्मचारी खटाउन नसक्दा कामकाज प्रभावित, कर्मचारी हाजिर गर्दै तलब पकाउँदै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर । कर्मचारी अभावका कारण काम गर्न नसकेको भन्दै केन्द्र सरकारको चर्काे आलोचना गर्दै आएको प्रदेश २ सरकार अहिले कर्मचारी उपलब्ध हुँदा पनि पदास्थापन समेत गर्न नसकेको भन्दै आलोचित हुन थालेको छ ।

समायोजन भएर आएका कर्मचारीको एक महीना बित्न लाग्दासमेत प्रदेश सरकारले पदस्थापन गर्न नसक्दा कामकाज प्रभावित भएका छन् ।
प्रदेश सरकारले पदस्थापन गर्न नसक्दा विगत एक महीनादेखि सयौं कर्मचारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै हाजिर गरी तलब पकाइरहेका छन् ।

सामान्य प्रशासन मन्त्रालयबाट प्रदेश नं २ मा पदस्थापनको लागि २ हजार ४२२ कर्मचारी नामावलीसहितको पत्र मुख्यमन्त्री कार्यालयमा चैत महीनाको मध्यतिर पठाइसकेको छ । जसमध्ये हालसम्म लेखाअधिकृत, शाखा अधिकृत, सहलेखापाल जस्ता कर्मचारीलाई मात्रै पदस्थापन भएको छ ।

नायब सुब्बा, सहायक वन अधिकृत, खरिदार, प्राविधक तर्फको कर्मचारी, कम्प्युटर अपरेटर, सहायक कम्प्युटर अपरेटर, कार्यालय सहयोगी जस्ता सयौं कर्मचारीको पदस्थापन भएको छैन । जसका कारण ती कर्मचारी अहिले मुख्यमन्त्री कार्यालयमै हाजिर गरेर कामै नगरी तलब खाइरहेका छन् ।

अन्य सबै प्रदेशमा कर्मचारी पदस्थापनको काम दुई साताअघि नै भइसकेको छ । प्रदेश नं २ मा कर्मचारी पदस्थापन नहुँदा विभिन्न कार्यालयमा कर्मचारी अभावका कारण दैनिक कार्यसम्पादनमा समस्या भइरहेको छ । विकासको काम पनि कर्मचारी अभावले गति लिनसकेको छैन ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका निमित प्रमुख सचिव कोमल खत्रीले कर्मचारी पदस्थापनका लागि मापदण्ड तयार गर्ने काम भइरहेकाले चाँडै पदस्थापन हुने बताए ।

ताजा समाचार

थप समाचार