Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

महतो नेतृत्वको सदभावना र...

बिरगंज , २९ पुस । आम जनता पार्टी (आजपा)ले मंगलबार एकैदिन दुई पार्टीसंग...

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

सीजी कम्पनीले जग्गा अतिक्रमण गरेको भन्दै महानगरम ज्ञापनपत्र

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

ललितपुर, १५ बैशाख — सीजी कम्पनीले ललितपुर महानगरपालिका धापाखेलस्थित रहेका सार्वजनिक जग्गा अतिक्रमण गरी प्लानिङ गर्न लागेकोप्रति स्थानीयहरु आक्रोशित भएका छन् ।

यो कार्यको बिरोध गर्दै महानगरमा ज्ञापनपत्र बुझाउन पुगेका स्थानीयहरुले तत्काल जग्गा अतिक्रमण हुन रोक्न अनुरोध गर्दै संरक्षण गर्न माग समेत गरेका छन् ।

ठूलो संख्यामा पुगेका स्थानीयहरुले ललितपुर महानगरको गेटैमा रोकेर मेयरलाई ध्यानकषर्ण गराए । ललितपुर महानगरपालिका वडा नं. २४ साविक धापाखेल गाविस वडा नं. ९ खका कित्ता नं. ३५, ३८, ४१, ५८, ७९ र १० का जग्गाहरु मालपोत कार्यालय ललितपुर, नापी कार्यालय ललितपुरमा रहेको श्रेस्ता तथा अभिलेखमा पर्ति जग्गाका रुपमा उल्लेखित छन् ।

ज्ञापनपत्रमा उल्लेख भएअनुसार पर्ति जग्गाहरुमध्ये कित्ता नं. ३५ बाट रोयल गोर्खाज कम्पनीले ४ आना जग्गा लिएर कम्पाउण्ड पर्खाल लगाएको थियो । त्यसपछि रोयल गोर्खाज कम्पनीले सीजी कम्पनीलाई जग्गा बिक्री गरेको व्यहोरा ज्ञापनपत्रमा उल्लेख छ ।

त्यस्तै, स्थानीयहरुले सार्वजनिक जग्गा संरक्षण समिति, धापाखेलका संयोजक वेदनाथ दाहालको संयोजकत्व माकाठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय, ललितपुरलाई समेत ज्ञापनपत्र बुझाएका छन् ।

सीजी कम्पनीले महत्वपूर्ण स्थानका सार्वजनिक जग्गा हडप्दै प्लानिक परमिट लिने र कामै नलाग्ने स्थानमा मात्रै सार्वजनिक भनि सट्टापटा गरी फिल्ड कामय गर्न खोजेको स्थानीयहरुको आरोप छ ।

ज्ञापनपत्र बुझ्दै ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले सार्वजनिक जग्गाको संरक्षण गर्न कुनै कसुर बाँकी नराख्ने बताए । मेयर महर्जनले भने, ‘डव्लुएचओको मान्यताअनुसार ३० प्रतिशत खाली भाग चाहिन्छ, तर महानगरभित्र ४ प्रतिशत पनि छैन, तसर्थ सार्वजनिक जग्गाहरुको संरक्षण गर्न हामी कुनै पनि कम्पोरमाइज गर्दैनौ ।’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य हरि दाहालले सार्वजनिक जग्गा संरक्षणका लागि रफ्तारमा काम हुन नसकेकोमा महानगरपालिकाका तर्फबाट मेयरले पहल गर्नुपर्ने बताए ।

पूर्वसभासद तथा नेपाली काँग्रेस ललितपुरका सभापति मदनबहादुर अमात्यले आफू स्थानीयहरुको पक्षमा रहेको वताउँदै सार्वजनिक जग्गाको संरक्षण गर्नका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘सीजीको यो कदमको विरोध गर्छु, जग्गा संरक्षणका लागि स्थानीयहरुको साथमा छु ।’

ताजा समाचार

थप समाचार