Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

निर्वाचन सुरक्षाका लागि हातहतियार...

रौतहट,०७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष,...

रौतहटमा लागूऔषधसहित भारतीय नम्बरका...

रौतहट,०७ माघ । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी टोलीले जिल्लाका विभिन्न...

सर्लाहीमा १३३ जनाको उम्मेदवारी,...

सर्लाही । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाहीका चारै निर्वाचन...

बारा–३ मा हेवीवेट नेताहरूलाई...

वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि राजनीतिक प्रतिस्पर्धा...
spot_imgspot_imgspot_img
15.2 C
Kathmandu
18.5 C
Birgunj
spot_img

एसीसी यू १६ इस्टर्न रिजन क्रिकेट : मलेसियालाई हराउँदै नेपालले जित्यो उपाधि

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ— नेपालले एसीसी यू १६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। थाइल्याण्डमा भएको फाइनलमा मलेसियालाई पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो।

प्रशान्त थापाको ४० रन अनि  दीपक बोहोराको अलराउण्ड प्रदर्शनमा मलेसियालाई ५९ रनले पराजित गर्दै नेपालले उपाधि रक्षा गरेको हो। ब्याटिङमा १९ बलमा २३ रन बनाएका दीपकले बलिङमा ४ विकेट लिए। यस्तै बलिङमा विशाल कुमार पटेलले ४ विकेट लिए।

गत वर्ष पनि नेपालले मलेसियालाई नै पराजित गर्दै उपाधि जितेको थियो।

प्रेम तिनसुलानोन्डा इन्टरनेशनल स्कुलको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको थियो।

नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको मलेसिया १ बल बाँकी छँदा ८१ रनमा अलआउट भएको हो।

नेपालको लागि प्रशान्त महतले सर्वाधिक ४० रन बनाए। यस्तै दीपक बोहोराले २३, कप्तान विशाल विक्रम केसीले १७ तथा निखिल कुमार सिंहले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।

३३ रन हुँदा ३ विकेट गुमाएको नेपाली इनिङ्स उकास्न प्रशान्त र विशालले चौथो विकेटका लागि ३५ रनको साझेदारी गरे।

मलेसियाका लागि सचिनु हेटिजले ७ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए। जिनेन्द्र मुरलीले २ विकेट लिए।

१४१ रनको लक्ष्य पछ्याएको मलेसियालाई नेपालले सुरुवातदेखि नै कसिलो बलिङ गर्दै दबाबमा राखेको थियो।

मलेसियाले पूरै ३४.५ ओभरमा सबै विकेट गुमाएर ८१ रन मात्र बनाउन सक्यो।

मुहम्मद हाजिक आइमनले सर्वाधिक १६ रन बनाए भने वान मुहम्मद वाजनले १६ रन जोडे। यस्तै जितेन्द्र मुरलीले १४ रन बनाए। बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन्।

दीपक बोहोरा

नेपालको लागि विशाल कुमार पटेलले ७ ओभरमा १ मेडन राख्दै १८ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। यस्तै दीपक बोहोराले ७ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर ३ विकेट लिए।

निखिल कुमार सिंहले ६ ओभरमा १ मेडन राख्दै ६ रन खर्चेर १ विकेट लिए।

यस पटक नेपालले समूह चरणमा पनि मलेसियालाई ३९ रनले पराजित गरेको थियो

 

विशाल म्यान अफ दि सिरिज

प्रतियोगितामा नेपालका कप्तान विशाल विक्रम केसी म्यान अफ दि सिरिज घोषित भए। यस्तै फाइनल खेलको म्यान अफ दि म्याच नेपालका दीपक बोहरा भए।

बेस्ट ब्याट्सम्यान सिंगापुरका गिरिन राहुल गुने तथा बेस्ट बलर मलेसियाका सचिनु हेतिज घोषित भए।

ताजा समाचार

थप समाचार