बुध, मंसिर २०, २०८०
Wed, December 6, 2023
बुध, मंसिर २०, २०८०
Wed, December 6, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
21.8 C
Birgunj

जेट एयरवेजका कर्मचारीले तलब नपाएपछि गरे आत्महत्या

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

आर्थिक संकटसँग जुधिरहेको भारतीय एयरलाइन जेट एयरवेजका एक वरिष्ठ कर्मचारीले आत्महत्या गरेका छन् । प्रहरीले दिएको जानकारी अनुसार ५३ वर्षीय शैलेषकुमार सिंहले आत्महत्या गरेका हुन् । उनी गएको तीन वर्षदेखि क्यान्सरका बिरामी थिए ।

- Advertisement -

गएको चार महिनादेखि आर्थिक समस्याका कारण उनको हालत बिग्रिएको थियो । प्रहरीका अनुसार उनलाई गएको मार्च महिनादेखि तलब दिइएको थिएन । उनी अस्पतालमा भर्ना भएका थिए । शुक्रबार अस्पताबाट निकालेर उनलाई घर लगिएको थियो । शुक्रबार साँझ नै उनले घरको चौथो तल्लाबाट फरालेर आत्महत्या गरे ।

शैलेष सिंहका जेठो छोरा पनि जेट एयरवेजमा नै काम गर्थे । जेट एयरको उडान बन्द भएकाले उनको पनि तलब आएको छैन । जेट एयरवेज सञ्चालनमा नआउँदा कम्पनीमा कार्यरत कयौँ कर्मचारीहरु आर्थिक संकटमा जुधिरहेको बताएका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -