Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025
Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025

नहुने चुनावको पैरवी गरेर...

काठमाडौं,०१ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नहुने चुनावको पैरवी गरेर एमालेले...

आशिफको अर्धशतकमा जनकपुरले काठमाडौंलाई...

काठमाडौं,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई...

सर्वोच्च अदालत आजदेखि पूर्ण...

काठमाडौं,०१ मंसिर । सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। गत भदौ २४...

सरकारले चासो नदेखेकाले आन्दोलन...

काठमाडौँ,०१ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले...
spot_imgspot_imgspot_img
18.1 C
Kathmandu
24.9 C
Birgunj
spot_img

कालिकामाईमा लक्षित बर्गको बजेट सोलार बत्ती जडानमा रकमान्तर

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,१५ बैशाख  –  पर्साको कालिकामाई गाउँपालिकाले लक्षित वर्गको लागि छुट्याएइएको रमक मध्ये अधिकांश रकम सोलार बत्ती जडान तथा विकास निर्माणमा रकमान्तर गरेको छ । लक्षित वर्गको लागि छुट्याइएको रकमले समाजमा खासै परिवर्तन ल्याउँन नसक्ने ठहर गर्दै गाउँकार्यापालिकाको वैठकले सोलार बत्ती जडान कार्यक्रमका लागि १ करोड ५० लाख अन्य शिर्षकहरुबाट रकमान्तर गरेको छ । यता लक्षित वर्गको रकम कटौती भए पछि समाज विकास तथा जनचेतना मुलक कार्यक्रमहरु जनप्रतिनिधिहरुको प्राथमिकता नपरेको प्रष्ट भएको छ ।

कालिकामाई गाउँपालिकाले चालु आर्थिक बर्ष सकिन २ महिना मात्र बाकी रहदा सम्म पुँजीगत खर्च बाहेक विकासको लागि छुट्इएको रकम ५ प्रतिशत सम्म पनि खर्च गर्न सकेको छैन् ।  जनप्रतिनिधिहरु तथा कर्मचारीहरु विच कमिनको कुरा मिलन नसक्दा विकासे वजेट खर्च नभएको स्थानिय आमसर्वसधारण बुझाई छ । लक्षित बर्गको रकम अन्य प्रयोजनको लागि रकमान्तर गरिए पछि महिला,बालबालिका,दलित,सिमानकृत,पिछडा वर्ग लगायको विकासका लागि बनाइएका योजनाहरु प्रभावित हुने भएको छ ।

पछिल्लो पटक वसेको वोड वैठकलेले सवै वडाहरुमा सोलार बत्ती जडान गर्ने निर्णय गरेको तथा सोको लागि लक्षित बर्गको बजेट कटौत गर्ने निर्णय भएको बताइएको छ । लक्षित वर्गको केहि कार्यक्रमका लागि बिभिन्न संघ संस्थाहरुसँग कालिकामाई गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकिय अधिकृत संदेश यादवलेले सम्झौता गरेको तथा केहि योजनाहरु संचालनको लागि पेश्की पनि दिएको भए पनि गाउँ कार्यपालिकाकाले छलफल विना नै त्यसरी गरिएको सम्झौताहरु रद्द हुने वताएको छ । गाउँपालिकाको विकास निर्माणको मुख्य अरोध खडा गर्ने तत्कालिन प्रमुख प्रशासकिय संदेश यादव नै रहेको गाउँपालिकाका अध्यक्ष नथुनि प्रसाद महतोले वताउनु भयो ।

उनका अनुसार विकासका कार्यलाई युद्ध स्थरमा अगाडी बढाउन जनप्रतिनिधिहरु विच सहमती भइसकेको तथा हाल सरुवा भएर आउनु भएका प्रमुख प्रशासकिय अधिकृत राजु साहसँग पनि छलफल भईरहेको बताउँदै केहि दिन भित्रै कार्यक्रमहरु संचालनको लागि कार्य आदेश धमाधम गाउँपालिकाले दिने छ ।  विकास निर्माणका सवै कार्यक्रमहरु आर्थिक बर्ष समाप्त हुनु अगावै सम्पन्न हुने गाउँपालिका उपाध्यक्ष राजेश कुमार चौरसियाले बताउनु भयो ।

आर्थिक बर्ष समाप्त हुनै लाग्दा कालिकामाई गाउँपालिकाले विकासे बजेटको ५ प्रतिशत बजेट पनि खर्च गर्न सकेको छैन् । लक्षित बर्गको रमक रकमान्तर गरिएको भए पनि सो बजेट पनि समयमा खर्च नहुने स्थानियहरुको भनाई रहेको छ । जनप्रतिनिधि तथा कर्मचारीहरु विच कमिसको कुरा मिल्न नसक्दा पटक पटक कालिकामाई गाउँपालिकाको विकास निर्माणको कार्य अवरुद्ध हुदै आएको छ । जानकारहरुका अनुसार अहिले पनि गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकिय अधिकृत तथा लेखापालले रवाना लिए पनि गाउँपालिकालाई बरबुझारत नगरेको कारण काम शुरु हुन अझै समय लाग्न सक्ने बताएका छन् । नयाँ कार्यकारीलाई काम गर्ने वाटो अहिले पनि खुलेको छैन् । त्यसकारण कालिकामाई गाउँपालिको यस बर्षको विकासे बजेट मध्ये अधिकांश बजेट खर्च हुन नसक्ने जानकारहरुको भनाई छ ।

ताजा समाचार

थप समाचार