Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सीके राउत मधेश स्वायत्तताको...

जनकपुर,०२ मंसिर । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद चर्किएपछि एमाले बाहेक दलहरू अहिले...

राष्ट्रिय परिचयपत्रमार्फत ३ लाख...

काठमाडौँ,०२ मंसिर  । राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख ८ हजार ५८५ जनाले नयाँ...

अपराधविरुद्ध निर्ममता अपनाउन प्रहरीमुख्य...

काठमाडौं,०२ मंसिर  । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाल समाजमा देखा परेको सुरक्षा...

महोत्तरीमा धारिलो हतियार प्रहारबाट...

महोत्तरी,०२ मंसिर । महोत्तरीको जलेश्वर नगरपालिका–९ आगेपुरमा सोमबार साँझ धारिलो हतियार प्रहार गरी...
spot_imgspot_imgspot_img
12.1 C
Kathmandu
18.7 C
Birgunj
spot_img

जीतपुरमा तीन महिने मोबाईल रिपेयरिङ टेक्निसियन तालिम सुरु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जीतपुर,बैशाख १६ गते— क्रियेटिभ स्किल्स बिरगंजले जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुरमा तीन महिने मोबाईल रिपेयरिङ टेक्निसियन तालिम सुरु भएको छ । नेपाल सरकार शिक्षा बिज्ञान तथा प्राबिधि मन्त्रालय ईभेन्ट परियोजना दोस्रोले उपलब्ध गराएको बजेट अन्तर्गत २० जना युवाहरुलाई तालिम दिईरहेको क्रियेटिभ स्किल्स बिरगंजको तालिम संयोजक जनक अधिकारीले जानकारी दिए ।

प्रत्येक प्रशिक्षार्थी १८ हजार ८ सय ५० रुपैया तालिम खर्च उपलब्ध गराएको दोस्रो परियोजनाले तालिम सकिएपछि कम्तीमा पनि मासिक १० हजार रुपैयासम्म कमाउन योग्य हुने लक्ष्य राखेको छ । एक कार्यक्रमकाबीच जीतपुरसिमरा उपमहानगरपालिकाका वडा नं.७ का वडा अध्यक्ष रामबाबु गुप्ताले तीन महिने मोबाईल रिपेयरिङ टेक्निसियन तालिमको उदघाटन गरेका छन् ।

कार्यममा बोल्दै वडा अध्यक्ष गुप्ताले यस्तो किसीमको तालिमले अदक्ष युवाहरुलाई दक्ष बनाई बेरोजगारीको समस्यालाई टार्नमा महत्वपुर्ण साबित हुने बताए । हरेक युवा ,प्रौढ र बृद्ध सबैको हातमा मोबाईल भएका कारण मोबाईल रिपेरिङ टेक्निसीयन तालिम लिएको ब्यक्ति बजारको माग अनुसारको दक्ष जनशक्ति भएको बताए । त्यस्तै भवानीपुर जीतपुर गा.बि.सका निबर्तमान अध्यक्ष देवनारायण चौधरीले राज्यले जुन उदेश्यको साथ पैसा खर्च गरिरहेको छ ।

त्यसलाई साकार पार्न प्रशिक्षार्थीहरुले तालिममा सिकेका कुराहरुलाई ब्यवहारमा उतार्नुपर्नेमा जोड दिए । कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका उपाध्यक्ष मनोज गुप्ता ,हेल्प युवा क्लबका अध्यक्ष फैजुल हक अंसारी ,लागुओषध नियन्त्र गर्ने क्षेत्रमा कार्यरत ईरसाद खान ,नारि शक्तिकी आसा दहाल , सुन्तली अधिकारी लगायको सहभागिता रहेको थियो ।कार्यक्रमको सञ्चालन प्रशिक्षक ओमप्रकास यादवले गरेका थिए ।

ताजा समाचार

थप समाचार