भन्सार छली ल्याएको कापी र अवैध ब्रोइलर बरामद

spot_img

विरगञ्ज – नेपाल प्रहरीले भारतबाट ल्याउन प्रतिबन्धित १७ वटा ब्रोइलर कुखुरा र भन्सार छली आयात गरिएको करिब तीन सय थानभन्दा बढी कापी बरामद गरेको छ ।

सोमबार इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीको टोलीले अवैध ब्रोइलर र कापी पनि बरामद गरेको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।

बिहान नियमित गस्तीका क्रममा ठोरी ४ मालीबस्तीमा पुगेको प्रहरीको टोलीले कुखुरा र कापी बरामद गरेको हो ।

spot_img

ताजा अपडेट

लोकप्रिय