शुक्र, जेष्ठ २६, २०८०
Fri, June 9, 2023
शुक्र, जेष्ठ २६, २०८०
Fri, June 9, 2023
24.1 C
Kathmandu
26.1 C
Kathmandu
37.9 C
Birgunj

वीरगञ्‍जकाे लक्ष्मी पेन्टको गोदाममा भीषण आगलागी (भिडियाेसहित)

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,१७ बैशाख – वीरगञ्‍ज महानगरपालिका वडा नं. ११ ओम आश्रममा रहेको लक्ष्मी पेण्टको गा्ेदामा भीषण आगलागी भएको छ। ओम आश्रममा रहेको विजय साहको पेन्टको गोदामा साँझ करीब ६ बजेतिर आगो लागेको हो। आगो लागेको क्षेत्रमा घना मानव बस्तीका साथै नेपाल फर्मासिटयुकल्स लिमिटेडको औषधि कारखाना पनि रहेको छ।

- Advertisement -

आगोलाई नियन्त्रणमा लिन वीरगञ्ज महानगरपालिका,जितपुर सिमरा कलैंया लगायतको ठाउँबाट आएको बारुण यन्त्रणको सहयोगमा नेपाल प्रहरी,सशत्र प्रहरी तथा नेपाली सेनाको टोली पनि प्रयास गरीरहेको छ । आगो लागेको घण्टै भई सक्दा पनि आगो नियन्त्रणमा आउँन सकेको छैन् । पेण्टका ड्रमहरु ब्लास्ट भएर आगोहरु आकाश गोदाम बाहिर सम्म आईरहेको कारण सो क्षेत्रका वासिन्दाहरु भयभित भएका छन् । अहिले ओम आश्रम क्षेत्रको आकाश कालो धुवाले घेरिएको छ । भने प्रदुष हावामा साँस लिन पनि समस्या भईरहेको स्थानियहरुले बताएको छ । ओमआश्रमका गल्लीहरु अन्धयारो भएको छ । आगोलाई नियन्त्रमा लिन स्थानिय प्रशासनलाई हम्मेहमे भएको छ । विजय साहको पेन्टको गोदामा साँझ करीब ६ बजेतिर लागकेको आगो अहिले सम्म पनि नियन्त्रणमा आउँन सकेको छैन् ।


- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -