spot_img

एनसेलको सिम प्रयोग नगर्न संयुक्त अपिल

spot_img
spot_img

१२ वैशाख, काठमाडौं – सत्तारुढ नेकपाका युवा र विद्यार्थी संगठनका नेताहरुले एनसेलको सिम प्रयोग नगर्न संयुक्त अपिल गरेका छन् ।

वाईसीएलका अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा), युवासंघ अध्यक्ष रमेश कुमार पौडेल, अनेरास्ववियु अध्यक्ष नविना लामा र अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले बिहीबार संयुक्त विज्ञप्ति निकालेर एनसेलको सिम कार्ड प्रयोग नगर्न अपिल गरेका हुन् ।२४ घण्टाभित्र एनसेलले कर नतिरेमा दबावका कार्यक्रम घोषणा गरिने चेतावनी पनि उनीहरुले दिएका छन् ।

साथै एनसेललाई कर छुट दिने वा अन्य कुनै प्रकारका विशेष सहुलियत दिने जस्ता निर्णय नगर्न नेकपाका युवा तथा विद्यार्थी संगठनका नेताहरुले सम्बद्ध निकायहरुलाई आग्रह समेत गरेका छन् ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय