Date
शनि, असार ७, २०८२
Sat, June 21, 2025
Date
शनि, असार ७, २०८२
Sat, June 21, 2025

राजविराज भन्सारबाट ११ महिनामा...

राजविराज,०७ असार । राजविराज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा...

जनावर तर्साउने विद्युतीय धराप...

जनकपुर,०७ असार । जङ्गली जनावरबाट बाली जोगाउन खेतमा जडान गरिने विद्युतीय धराप किसानहरूको...

बजेट वितरणमा बेइमानी नगर्न...

काठमाडौं,०७ असार । नेकपा (एकीकृत समाजवादी) का सांसद कृष्णकुमार श्रेष्ठले बजेट विनियोजनमा गरिएको...

पीस जोन एकेडेमीद्धारा चिसो...

बीरगन्ज,०७ असार । बीरगन्जको बसपार्क क्षेत्रमा शनिवार पीस जोन एकेडेमीका विद्यार्थीहरूले यात्रु र...
spot_imgspot_imgspot_img
24.9 C
Kathmandu
36.1 C
Birgunj
spot_imgspot_imgspot_img

एभरेष्ट इन्टरनेशनल फिल्म अवार्ड हङकङमा आयोजना हुने

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

हङकङमा आयोजना हुन लागेको ‘एभरेष्ट इन्टरनेशनल फिल्म अवार्ड’का लागि विभिन्न विधामा उत्कृष्ट ५ नोमिनेशन सार्वजनिक गरिएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रकर्मी, पत्रकारको उपस्थितीमा उत्कृष्ट ५ सार्वजनिक गरिएको हो ।

- Advertisement -

एभरेष्ट इन्टरटेन्मेन्ट प्रालीको आयोजनामा असारको १५ अर्थात जुनको ३० मा यो अवार्ड हङकङमा आयोजना हुनेछ । विभिन्न २५ विधामा दर्शकले समेत भोट गर्न सक्नेछन् । यस्तै, ३ आदिवासी चलचित्र, ३ पपुलर र जुरी चलचित्र पनि अवार्डमा सहभागी गराइएको छ ।

यो अवार्डका लागि सन् २०१८ मा रिलिज भएका कुल ४१ चलचित्र सहभागी भएको आयोजकले जनाएको छ । यो अवार्डको जुरी संयोजकको रुपमा सुनिल थापा छन् । यस्तै, सदस्यहरुमा गौरीशंकर धुजु, विजयरत्न तुलाधर, प्रदिपकुमार उदय र मनोजकुमार केसी छन् ।

यो अवार्डको नेपालको संयोजक संगिक्षा फिल्मस्ले गर्नेछ । संगिक्षा फिल्मस्का अध्यक्ष मनोज केसीले अवार्डलाई व्यवस्थित बनाउन आफूहरुले कुनै संझौता नगर्ने बताए ।
तिन हजार पाच सय दर्शक क्षमता भएको हङकङको वानचाई स्थित ‘क्विन एलिजावेथ स्टेडियम हल’मा यो अवार्ड आयोजना हुनेछ ।

अवार्डको लागि हङकङ आयोजक टिमको रुपमा स्थानीय वकिल तथा विजनेसम्यान गौरव बम ठकुरी ,मिस नेपाल हङकङ सोसाइटी र बडीबिल्डिङ एसोसिएसन हङकङका अध्यक्ष लोकराज लिम्बु, मिस नेपाल हङकङ सोसाइटीकि उपाध्यक्ष लिलेश्वरी खड्का, योगा ट्रेनर तथा बिजनेसम्यान सञ्जु भट्ट , मिस नेपाल हङकङ सोसाइटीकि कोर्डीनेटर शान्ति नेपाली , मिस नेपाल हङकङ सोसाइटी सेक्रेटरी मनिष लिम्बु , लक्ष्मी चन्द , सुयोग शाक्य , रेवती खड्का , रोशनी श्रेष्ठ , रेविका राइ , विष्णु पुन र राकेश लिम्बु रहेका छन् ।

ताजा समाचार

spot_img

थप समाचार