Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025
Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025

सातदलीय समर्थनमा कृष्ण यादव...

बीरगन्ज,१९ मंसिर । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव प्रदेश...

७७ सांसदको समर्थनसहित कृष्ण...

काठमाडौँ,१९ मंसिर । नेपाली कांग्रेसका मधेस प्रदेश नेता कृष्ण यादवले प्रदेश प्रमुख सुरेन्द्र...

एमाले अध्यक्ष ओली देउवालाई...

काठमाडाैं,१९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर...

भेदभावमुक्त समाज निर्माणका लागि...

काठमाडौं,१९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

एभरेष्ट इन्टरनेशनल फिल्म अवार्ड हङकङमा आयोजना हुने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

हङकङमा आयोजना हुन लागेको ‘एभरेष्ट इन्टरनेशनल फिल्म अवार्ड’का लागि विभिन्न विधामा उत्कृष्ट ५ नोमिनेशन सार्वजनिक गरिएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रकर्मी, पत्रकारको उपस्थितीमा उत्कृष्ट ५ सार्वजनिक गरिएको हो ।

एभरेष्ट इन्टरटेन्मेन्ट प्रालीको आयोजनामा असारको १५ अर्थात जुनको ३० मा यो अवार्ड हङकङमा आयोजना हुनेछ । विभिन्न २५ विधामा दर्शकले समेत भोट गर्न सक्नेछन् । यस्तै, ३ आदिवासी चलचित्र, ३ पपुलर र जुरी चलचित्र पनि अवार्डमा सहभागी गराइएको छ ।

यो अवार्डका लागि सन् २०१८ मा रिलिज भएका कुल ४१ चलचित्र सहभागी भएको आयोजकले जनाएको छ । यो अवार्डको जुरी संयोजकको रुपमा सुनिल थापा छन् । यस्तै, सदस्यहरुमा गौरीशंकर धुजु, विजयरत्न तुलाधर, प्रदिपकुमार उदय र मनोजकुमार केसी छन् ।

यो अवार्डको नेपालको संयोजक संगिक्षा फिल्मस्ले गर्नेछ । संगिक्षा फिल्मस्का अध्यक्ष मनोज केसीले अवार्डलाई व्यवस्थित बनाउन आफूहरुले कुनै संझौता नगर्ने बताए ।
तिन हजार पाच सय दर्शक क्षमता भएको हङकङको वानचाई स्थित ‘क्विन एलिजावेथ स्टेडियम हल’मा यो अवार्ड आयोजना हुनेछ ।

अवार्डको लागि हङकङ आयोजक टिमको रुपमा स्थानीय वकिल तथा विजनेसम्यान गौरव बम ठकुरी ,मिस नेपाल हङकङ सोसाइटी र बडीबिल्डिङ एसोसिएसन हङकङका अध्यक्ष लोकराज लिम्बु, मिस नेपाल हङकङ सोसाइटीकि उपाध्यक्ष लिलेश्वरी खड्का, योगा ट्रेनर तथा बिजनेसम्यान सञ्जु भट्ट , मिस नेपाल हङकङ सोसाइटीकि कोर्डीनेटर शान्ति नेपाली , मिस नेपाल हङकङ सोसाइटी सेक्रेटरी मनिष लिम्बु , लक्ष्मी चन्द , सुयोग शाक्य , रेवती खड्का , रोशनी श्रेष्ठ , रेविका राइ , विष्णु पुन र राकेश लिम्बु रहेका छन् ।

ताजा समाचार

थप समाचार