Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025
Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025

सातदलीय समर्थनमा कृष्ण यादव...

बीरगन्ज,१९ मंसिर । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव प्रदेश...

७७ सांसदको समर्थनसहित कृष्ण...

काठमाडौँ,१९ मंसिर । नेपाली कांग्रेसका मधेस प्रदेश नेता कृष्ण यादवले प्रदेश प्रमुख सुरेन्द्र...

एमाले अध्यक्ष ओली देउवालाई...

काठमाडाैं,१९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर...

भेदभावमुक्त समाज निर्माणका लागि...

काठमाडौं,१९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

विराटनगर अनिश्चितकालिन बन्द

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

विराटनगर- प्रदेश राजधानीका संरचना छर्ने सत्तारुढ नेकपाको प्रस्तावप्रति असहमति जनाउँदै विराटनगरवासी आन्दोलित भएका छन्। नागरिक दवाव समूह निर्माण गरी स्थानीय आन्दोलित भएका हुन्।

आइतबार प्रदेशसभा सचिवालयमा नेकपाको तर्फबाट विराटनगरलाई राजधानी बनाउने र प्रदेशका संरचनाहरू इटहरी, सुन्दरहरैंचा आसपासका क्षेत्रमा राख्ने प्रस्ताव दर्ता भएको थियो। प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता भएलगत्तै विराटनगरमा बसेको सर्वदलिय बैठकले विराटनगर बन्दसहितको आन्दोलन घोषणा गरेको थियो। आन्दोलनका कारण सोमबार विहानैदेखि विराटनगर बन्द भएको छ।

विराटनगरका उद्योग, व्यवसाय, यातायात, शैक्षिक संस्थालगायत ठप्प भएका छन्। नगरका विभिन्न स्थानमा स्थानीयले सडक अबरुद्ध पारेका छन्। नगरमा जताततै टायर बालेर स्थानीयले विरोध प्रदर्शन गरिरहेका छन्। विराटनगर प्रवेश गर्ने बवै नाकामा स्थानीयले बाँस र डोरी टाँगेर यातायातका साधनलाई अबरोध पु-याइरहेका छन्। विराटनगरलाई पूर्ण रुपमा प्रदेशको राजधानी बनाउन र प्रदेशका संरचना नछर्न माग गर्दै नगरभर विरोध प्रदर्शन भइरहेको छ । विरोध प्रदर्शनमा नेपाली कांग्रेस, संघीय समाजवादी फोरम, सत्तारुढ दल नेकपाका कार्यकर्तासहित स्थानीय सहभागी भएका छन्। प्रदर्शनका क्रममा कुनै अप्रिय घटना नभएको मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए। प्रहरी, सशस्त्र प्रहरी परिचालन गरी शान्ति सुरक्षाको व्यवस्था मिलाइएको केसीले बताए।

ताजा समाचार

थप समाचार