Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...

काठमाडौं महानगरले पर्यटन प्रहरी...

काठमाडौं,०६ जेठ । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको...

एमाले महासचिव पोखरेलद्वारा राजावादी...

काठमाडाैं,०६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी जेठ १५ देखि सुरु...
spot_imgspot_imgspot_img
19.7 C
Kathmandu
29.5 C
Birgunj
spot_imgspot_imgspot_img

विराटनगर अनिश्चितकालिन बन्द

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

विराटनगर- प्रदेश राजधानीका संरचना छर्ने सत्तारुढ नेकपाको प्रस्तावप्रति असहमति जनाउँदै विराटनगरवासी आन्दोलित भएका छन्। नागरिक दवाव समूह निर्माण गरी स्थानीय आन्दोलित भएका हुन्।

- Advertisement -

आइतबार प्रदेशसभा सचिवालयमा नेकपाको तर्फबाट विराटनगरलाई राजधानी बनाउने र प्रदेशका संरचनाहरू इटहरी, सुन्दरहरैंचा आसपासका क्षेत्रमा राख्ने प्रस्ताव दर्ता भएको थियो। प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता भएलगत्तै विराटनगरमा बसेको सर्वदलिय बैठकले विराटनगर बन्दसहितको आन्दोलन घोषणा गरेको थियो। आन्दोलनका कारण सोमबार विहानैदेखि विराटनगर बन्द भएको छ।

विराटनगरका उद्योग, व्यवसाय, यातायात, शैक्षिक संस्थालगायत ठप्प भएका छन्। नगरका विभिन्न स्थानमा स्थानीयले सडक अबरुद्ध पारेका छन्। नगरमा जताततै टायर बालेर स्थानीयले विरोध प्रदर्शन गरिरहेका छन्। विराटनगर प्रवेश गर्ने बवै नाकामा स्थानीयले बाँस र डोरी टाँगेर यातायातका साधनलाई अबरोध पु-याइरहेका छन्। विराटनगरलाई पूर्ण रुपमा प्रदेशको राजधानी बनाउन र प्रदेशका संरचना नछर्न माग गर्दै नगरभर विरोध प्रदर्शन भइरहेको छ । विरोध प्रदर्शनमा नेपाली कांग्रेस, संघीय समाजवादी फोरम, सत्तारुढ दल नेकपाका कार्यकर्तासहित स्थानीय सहभागी भएका छन्। प्रदर्शनका क्रममा कुनै अप्रिय घटना नभएको मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए। प्रहरी, सशस्त्र प्रहरी परिचालन गरी शान्ति सुरक्षाको व्यवस्था मिलाइएको केसीले बताए।

ताजा समाचार

spot_img

थप समाचार