Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025
Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025

नहुने चुनावको पैरवी गरेर...

काठमाडौं,०१ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नहुने चुनावको पैरवी गरेर एमालेले...

आशिफको अर्धशतकमा जनकपुरले काठमाडौंलाई...

काठमाडौं,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई...

सर्वोच्च अदालत आजदेखि पूर्ण...

काठमाडौं,०१ मंसिर । सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। गत भदौ २४...

सरकारले चासो नदेखेकाले आन्दोलन...

काठमाडौँ,०१ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले...
spot_imgspot_imgspot_img
18.1 C
Kathmandu
24.9 C
Birgunj
spot_img

अक्षय कुमारको नागरिकता र राष्ट्रिय पुरस्कारलाई लिएर विवाद हुँदै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

पछिल्लो केही समय यता अभिनेता अक्षय कुमारले एक पछि अर्को विवादको सामना गरिरहेका छन् । भारतमा भैरहेको चुनावका कारण उनको क्यानडाको नागरिकता चर्चाको विषय बनेको छ ।

उनको त्यही नागरिकताका कारण दुई वर्ष अघि ‘रुस्तम’ फिल्मका लागि पाएको राष्ट्रिय पुरस्कारका कारण विवादमा परेका छन् ।

अक्षय कुमारसँग क्यानडाको नागरिकता रहेको छ । तसर्थ अक्षय कुमार विदेशी नागरिक भएका कारण उनलाई राष्ट्रिय पुरस्कार दिन नहुने भन्दै विवाद सिर्जना भएको छ ।

सामाजिक सञ्जालमा अक्षय कुमार क्यानडियन नागरिक भएका कारण उनलाई दिइएको राष्ट्रिय पुरस्कार प्रति आपत्ति जनाएका छन् । साथै उनी भारतीय नागरिक नभएका कारण पुरस्कारका लागि योग्य नभएको भन्दै बहस चलेको छ ।

सामाजिक सञ्जालमा केही व्यक्तिहरु अक्षय कुमार विरुद्ध आफ्ना विचारहरु राखिरहका बेला फिल्म ‘रईस’ का निर्देशक राहुल ढोलकिया र अभिनेता परेश रावल भने अक्षय कुमारको समर्थनमा बोलेका छन् । निर्देशक राहुल ढोलकिया नेशनल फिल्म अवार्ड्सको निर्णायक मण्डलका सदस्य पनि हुन् ।

उनले ट्वीट गर्दै भनेका छन् ‘नेशनल अवार्ड्सको मुद्दामा यस्तो प्रावधान रहेको छ, विदेशी मूलका व्यक्तिलाई समेत यो पुरस्कार दिन मिल्छ । यो वैध हो र नियम अनुसार नै रहेको छ । किनकी म आफैँ पनि नेशनल फिल्म अवार्ड्सको निर्णायक मण्डलको सदस्य पनि भइसकेको छु ।’

ताजा समाचार

थप समाचार