काठमाडौं, २३ बैशाख — प्रदेश नं. २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले समाजवादी पार्टी, नेपाल देशको पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।
समाजवादी पार्टी, नेपालको एकता घोषणा सभामा बोल्दै मुख्यमन्त्री राउतले अब आफ्नो पार्टी वैकल्पिक नभई पहिलो पार्टी बन्ने दाबी गरेका हुन् । उनले संघीयता कार्यान्वयन यँही पार्टीले मात्र गर्न सक्ने दाबी गरे ।
पहिले क्षेत्रीय पार्टी भनेर ठूला भनाउँदा दलहरुले हेप्ने गरेको भए पनि अहिले हिमाल, पहाड, तराई सबै तिर पार्टी फैलिएको र आगामी दिनमा एक नम्बर पार्टी बन्ने पनि उहाँले दाबी गर्नुभयो । कांग्रेस र नेकपा जस्ता दलहरु समावेशी नभएको आरोप लगाउँदै आफूहरुको पार्टीमा जस्तो बौद्धिक नेताहरु अरु पार्टीमा भए देखाउन पनि उहाँले चुनौती दिनुभयो ।
अहिले सुशासन, संघीयता कार्यान्वयनमा समस्या देखिएको छ । त्यो समस्या समाधान गर्न हाम्रो पार्टीले मात्र सक्छ, उनले भने। राउतले आफूहरूको पार्टी पूर्ण समानुपातिक रहेको दाबी गरे। ’बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राई जस्ता शीर्ष नेता यहाँ हुनुहुन्छ । कांग्रेस, नेकपाको शीर्ष तहमा यति समावेशी छ की उनले भने, हिजो हामीलाई क्षेत्रीयतावादी र जातीयतावादी भन्नेलाई अब चुनौती दिन सक्छौ ं। हाम्रो पार्टीले मात्र देशलाई निकास दिनसक्छ।
उनले अब पार्टीलाई एक नम्बर बनाउन संगठन निर्माण र विस्तारमा लाग्नुपर्ने बताउनुभो ।