मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
19.9 C
Kathmandu
20.5 C
Kathmandu
29.3 C
Birgunj

इंग्लिस प्रिमियर लिगमा सिटी शीर्ष स्थानमा फर्कियो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

लण्डन, २४ वैशाख । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड झनै रोमाञ्चक बनेको छ । सोमबार रातिको खेलमा म्यानचेस्टर सिटीले १–० गोल अन्तरले लेस्टरसिटी विरुद्ध जित निकाले पछि उपाधि होड रोमाञ्चक बनेको हो ।

- Advertisement -

सिटी जीतपछि तालिकाको शीर्ष स्थानमा फर्किएको छ । दोस्रो स्थानमा रहेको लिभरपुल १ अंकले पछि परेको छ ।

सिटीले तालिकामा ९५ अंक पुर्‍याउँदा लिभरपुलको ९४ अंक छ । गएको सिजन १०० अंकका साथ लिग जितेको सिटीले यस पटक भने अन्तिम खेलमा सिटीले जित हात पारे ९८ अंकका साथ लिग जित्नेछ ।

- Advertisement -

प्रिमियर लिगको अन्तिम खेलमा सिटीले १७ औं स्थानको ब्राइटन र लिभरपुलले सातौं स्थानको उल्भर ह्याम्पटनसँग खेल्नेछ ।

अन्तिम खेलमा सिटी विजयी भए सहजै उपाधि जित्ने छ भने बराबरी भएको खण्डमा र लिभरपुल विजयी भए उपाधि लिभरपुलको कब्जामा जानेछ ।

सिटीलाई सोमबारको खेलमा स्पष्ट तीन अंक दिलाउन ७० औं मिनेटमा कोम्पनीले गोल गरेका थिए । उनको गोलसँगै सिटी लगातार दोस्रो पटक उपाधि जित्ने अभियानमा अघि बढेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -