Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

बाराका ४ क्षेत्रमा ११२...

बारा, ६ माघ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा जिल्लाका...

नेपालको सार्वजनिक ऋण २८...

काठमाडौं । नेपालको कूल सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेको छ। चालू आर्थिक...

दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई...

वडोदरा । महिला प्रिमियर लिगअन्तर्गत कोटाम्बी स्टेडियममा भएको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई...

यस्तो छ आज विदेशी...

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर...
spot_imgspot_imgspot_img
6.2 C
Kathmandu
12.1 C
Birgunj
spot_img

इंग्लिस प्रिमियर लिगमा सिटी शीर्ष स्थानमा फर्कियो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

लण्डन, २४ वैशाख । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड झनै रोमाञ्चक बनेको छ । सोमबार रातिको खेलमा म्यानचेस्टर सिटीले १–० गोल अन्तरले लेस्टरसिटी विरुद्ध जित निकाले पछि उपाधि होड रोमाञ्चक बनेको हो ।

सिटी जीतपछि तालिकाको शीर्ष स्थानमा फर्किएको छ । दोस्रो स्थानमा रहेको लिभरपुल १ अंकले पछि परेको छ ।

सिटीले तालिकामा ९५ अंक पुर्‍याउँदा लिभरपुलको ९४ अंक छ । गएको सिजन १०० अंकका साथ लिग जितेको सिटीले यस पटक भने अन्तिम खेलमा सिटीले जित हात पारे ९८ अंकका साथ लिग जित्नेछ ।

प्रिमियर लिगको अन्तिम खेलमा सिटीले १७ औं स्थानको ब्राइटन र लिभरपुलले सातौं स्थानको उल्भर ह्याम्पटनसँग खेल्नेछ ।

अन्तिम खेलमा सिटी विजयी भए सहजै उपाधि जित्ने छ भने बराबरी भएको खण्डमा र लिभरपुल विजयी भए उपाधि लिभरपुलको कब्जामा जानेछ ।

सिटीलाई सोमबारको खेलमा स्पष्ट तीन अंक दिलाउन ७० औं मिनेटमा कोम्पनीले गोल गरेका थिए । उनको गोलसँगै सिटी लगातार दोस्रो पटक उपाधि जित्ने अभियानमा अघि बढेको छ ।

ताजा समाचार

थप समाचार