आइतवार, पुस २८, २०८१
Sun, January 12, 2025
आइतवार, पुस २८, २०८१
Sun, January 12, 2025

काठमाडौं उपत्यकामा ५७४ किलोमिटर...

काठमाडौं,२८ पुस । मेलम्चीको पानी पुनः वितरणसँगै काठमाडौं उपत्यकामा नयाँ खानेपानी वितरण सञ्जालको...

लोसपा महाधिवेशनका लागि ५...

काठमाडौँ,२८ पुस । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रथम महाधिवेशनका लागि पाँच सदस्यीय निर्वाचन...

अनुहार हेर्न मन नलाग्नेहरू...

बीरगन्ज,२८ पुस । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो...

रुपन्देही र पर्सामा २...

काठमाडाैं,२८ पुस । रुपन्देही र पर्सामा दुई जना मृतावस्थामा फेला परेका छन्। नेपाल प्रहरीको...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
14.7 C
Birgunj
spot_imgspot_imgspot_img

काठमाडौंको बागबजारमा पत्नीको हत्या गर्ने राजकुमार पहरीलाई पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, २४ वैशाख — महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंले पत्नी हत्या गर्ने एक व्यक्तिलाई काठमाडौंको बागबजारबाट पक्राउ गरेको छ ।

- Advertisement -

काभ्रे जिल्लाको भुम्लु गाउँपालिका वडा नम्बर ६ कोलाती स्थायी घर भई हाल काठमाडौंको बागबजारमा पत्नी निर्मला नेपालसँग डेरा गरी बस्ने पुष्कर भन्ने राजकुमार पहरीलाई प्रहरीले पक्राउ गरेको छ ।

२७ वर्षीय राजकुमार पहरी २३ वर्षीया पत्नी नेपालसँग बागबजारमा डेरा बस्दै आएका थिए । पत्नीसँग विवाद हुँदा पहरीले वैशाख २१ करीव साढे पाँच बजे पलंगमा ठोकेर पत्नी निर्मला नेपाललाई हत्या गरेको महानगरीय प्रहरी महाशाखा काठमाडौंका प्रमुख एसएसपी धिरज प्रताप सिंहले जानकारी दिनुभयो ।

- Advertisement -

भोजपुर जिल्लाको याङपाङ माइत भएकी निर्मला नेपालले पहरीसँग विवाह गरी बस्दै आएकी थिइन् ।

पत्नीको हत्या गरी पहरीले घटना लुकाएर राखेका थिए । पत्नीको मृत्यु भएको खबर उनले आफन्तलाई गराएका थिए । सूचना पाएपछि हत्या भएको स्थानमा पुगेको प्रहरीले पहरीसँग सोधपुछ गरेको थियो ।

पहरी आफूले पत्नीको हत्या गरेको स्वीकार गरेपछि नियन्त्रणमा लिएर अनुसन्धान शुरु भएको एसएसपी सिंहले बताए ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार