शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...

रूसी सेनामा रहेका नेपालीका...

काठमाडौँ,०७ वैशाख । रूसी सेनामा रहेका नेपालीहरुका परिवारले धर्ना सुरु गरेका छन् ।...
25.1 C
Kathmandu
34.8 C
Birgunj

विगतको गल्तीलाई नसच्याए खतराको घण्टी बझ्न सक्छ : प्रचण्ड

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले चुनौतिको चाङलाई समाधान गर्दै अघि बढ्नु परेकाले सहज ढंगले गति लिन नसकेको बताएका छन् ।

- Advertisement -

सरकारले प्रतिनिधिसभामा पेस गरेको नीति तथा कार्यक्रममाथिको आज भएको छलफलमा बोल्दै प्रचण्डले दिगो शान्ति, स्थायित्व नभएसम्म विकासले पनि गति नलिने बताए । अबका दिनमा विगतमा भएका गल्तीलाई नसच्याउने हो भने खतराको घण्टी बझ्न सक्ने संकेत गर्दै सबै राजनीति नेतृत्व बेलैमा सच्चिनु पर्ने उनको भनाइ थियो ।

नीति तथा कार्यक्रमले भूउपयोग नीतिलाई प्रभावकारी ढंगले कार्यान्वयनमा ल्याउन बल पुगेको बताउँदै मुलुक कृषिको आधुनिकीकरणतर्फ उन्मुख भएको उनको भनाइ थियो ।

- Advertisement -

कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण र बजारिकरण गर्न नसके कृषिमा सफलता हासिल गर्न नसकिने बताउँदै यसले बेरोजगारी तथा सुकुम्बासी समस्यासमेत समाधान हुने जिकिर गरे । नीति तथा कार्यक्रमले कृषिमा युवाहरुलाई आकर्षित गर्ने कार्यक्रम ल्याएकाले यसबाट देशको अर्थतन्त्रमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

रोजगारी सिर्जनाका लागि सरकारले औद्योगिकीकरणलाई पनि जोड दिएको उनको भनाइ थियो । सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति शंका नगर्न प्रतिपक्षलाई आग्रह गर्दै उनले देशको समृद्धिको लागि सबै एक हुनु पर्नेमा जोड दिए ।

प्रतिपक्षले आफ्नो धर्म निर्वाह गर्न सरकारको नीति तथा कार्यक्रमको आलोचना गरे पनि यसको कार्यान्वयनलाई सत्ता पक्षले सकारात्मक आलोचनाको रुपमा लिँदै अगाडि बढ्नु पर्ने बताए ।

उत्तर र दक्षिणी छिमेकी मुलुकलाई रेल मार्गले जोड्ने सपना अब साकार हुने अवस्थामा पुगेको दावी गर्दै काठमाडौंमा रेल आउने कुरा श्वेर कल्पना नभएको जिकिर गरे । ठूला आकांक्षा राख्नु गलत नभएको बताउँदै प्रचण्डले जनता र देशको समस्या समाधानमा २००७ सालदेखि नै राजनीतिक नेतृत्व चुकेको बताए ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार