spot_img

कृषिलाई महत्व नदिएको भए ’समृद्ध नेपाल सुखी नेपाली’ नारा असफल हुन्छ ।

spot_img
spot_img

काठमाडौं, २४ बैशाख — नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषिलाई महत्व नदिए समृद्ध नेपाल सुखी नेपालीको नारा सफल नहुने बताएका छन् ।

सरकारद्वारा सार्वजनिक नीति तथा कार्यक्रमको छलफलमा मंगलबार भाग लिँदै प्रचण्डले सरकारले कृषिलाई प्रथामिकतामै राख्नुपर्ने बताएका हुन्।

यो देश विकासको आधार वर्ष हो, सरकार पनि त्यही हिसावमा सञ्चचालन भएको छ।  कृषिलाई महत्व नदिएको भए ’समृद्ध नेपाल सुखी नेपाली’ नारा असफल हुन्छ ।

नेपालमा अझैपनि आधाभन्दा बढी जनता कृषिमा निर्भर भएका कारण देश विकास गर्न सरकारले कृषिलाई महत्व दिनुपर्ने उनले बताए ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय