spot_img

पल र आँचलको विवाह !

spot_img
spot_img

काठमाडौं – चर्चित अभिनेता पहल शाह र अभिनेत्री आँचल शाह विवाह बन्धनमा बाँधिएका छन्। आँप जोडी रूपमा परिचित आँचल र पहल वास्तविक जीवनमा नभइ एउटा म्युजिक भिडियोका लागि दुलहा र दुलहीको रूपमा देखिएका हुन्।

भर्खरै मात्र छायांकन भएको नयाँ म्युजिक भिडियोमा उनीहरूले विवाह बन्धनमा बाँधिएको दृष्यांकन गरिएको छ। उनीहरूले कुन गीतको म्युजिक भिडियो गर्न लागेका हुन् भन्ने बार निर्माणले टिमले जानकारी दिएको छैन। तर यो भिडियो चाँडै नै दर्शक माझ आउने बताइएको छ।

उनीहरूका धेरै फ्यानहरूले रिलमा मात्र नभएर रियलमा पनि यो जोडीको विवाह होस् भने धेरै आशा राखेका छन्। तर, उनीहरु एक अर्कामा असल साथी मात्र भएको दाबी गर्दै आइरहेका छन्।

चलचित्र नाईं नभन्नु ४ ले जुराएको यो जोडीको पछिल्लो समय एकसाथ अभिनय नगरेता पनि विभिन्न म्युजिक भिडियोमा भने देखिने गरेका छन्। यति बेला पल शाह स्टारर चलचित्र वीरविक्रम २ जेठ ३ गतेबाट रिलिज हुँदैछ, भने मह सञ्चारको प्रस्तुतिमा आँचल शर्मा अभिनित दालभात तरकारी यहि वैशाख २० गतेबाट देशभर प्रदर्शन हुँदैछ।

 

-NepalAaja

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय