Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025
Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025

नहुने चुनावको पैरवी गरेर...

काठमाडौं,०१ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नहुने चुनावको पैरवी गरेर एमालेले...

आशिफको अर्धशतकमा जनकपुरले काठमाडौंलाई...

काठमाडौं,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई...

सर्वोच्च अदालत आजदेखि पूर्ण...

काठमाडौं,०१ मंसिर । सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। गत भदौ २४...

सरकारले चासो नदेखेकाले आन्दोलन...

काठमाडौँ,०१ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले...
spot_imgspot_imgspot_img
18.1 C
Kathmandu
24.9 C
Birgunj
spot_img

मेरो सरकार भन्ने शब्द भुलचुकले होइन, जानीबुझी राखिएको हो : प्रधानमन्त्री

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममा मेरो सरकार भन्ने शब्द जानीबुझी राखेको स्पष्टीकरण दिएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले भने, ‘भुलचुकले होइन । जानीबुझी राखिएको र आवश्यक शब्दावली हो ।’

प्रधानमन्त्री ओलीले मेरो सरकार भन्नु बेलायती महारानीको शैली भन्ने विपक्षी दलका नेता शेरबहादुर देउवाको टिप्पणीको जवाफ दिए । उनले भने, अलिकति त्यो शब्दावली उपयुक्त भएन कि ? बेलायत हाम्रो मित्रराष्ट हो र नकारात्मक टिप्पणी गर्नु बान्छनिय हुँदैन ।’

उनले अन्तर्राष्ट्रिय अभ्यासहरु पनि हेर्न आग्रह गरे । भारतमा पनि मेरो सरकार भन्ने गरिएको तर, संविधानमा मेरो सरकार भन्नुपर्छ भनेर नलेखिएको उनको जिकर छ ।

‘लोकतन्त्रका अभ्यासका सन्दर्भमा कांग्रेसले आलोकाँचोपन देखाउन मिल्दैन कि रु यतापट्टी विचार गर्नु बान्चनिय हुन्छ भन्ने ठान्छु’ प्रधानमन्त्री ओलीले संसदमा भनेका छन् ।

राजा महाराजाले मेरो भन्ने जनताको प्रतिनिधिले अपनत्व नलिने, मेरो सरकार नभन्ने हुन नसक्ने भन्दै उनले भने, ‘राष्ट्र प्रमुखको हैसियतले मेरो सरकार भनेर सम्बोधन गर्नुपर्छ ।’

ताजा समाचार

थप समाचार