सोम, चैत्र १३, २०७९
Mon, March 27, 2023
सोम, चैत्र १३, २०७९
Mon, March 27, 2023
13.8 C
Kathmandu
13.8 C
Kathmandu
21.6 C
Birgunj

किशोर किशोरीको स्वास्थ्य स्थिति सुधारमा ल्याउने स्वास्थ्य मन्त्रालयको तयारी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

किशोर किशोरीको स्वास्थ्य विकास एवं प्रवर्द्धन गर्नको लागि नेपाल सरकारले पूर्ण सहयोग नीति, कानुन निमार्ण तथा कार्यन्वयन गरेर उदाहरणीय उपस्थिति देखाएको छ ।

- Advertisement -

मंगलबार स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले आयोजना गरेको ‘राष्ट्रिय किशोर किशोरी स्वास्थ्य तथा विकास रणनीति’ सार्वजनिक गर्ने कार्यक्रममा पन्धौं पन्चवर्षीय योजनाको आधारपत्रमा किशोर किशोरीको यथेष्ट सम्बोधन गरिएको परिवार कल्याण महाशाखाले जनाएको छ ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनीले किशोरकिशोरी भोलिका कर्णधार भएकाले उनीहरुलाई सँधै स्वस्थ राख्नका केहि उपाय अपनाउनु पर्छ ।

- Advertisement -

लागि सरकारले पूर्ण सहयोगका साथ नीति, कानुन निर्माण तथा कार्यान्वयन गरेर उदाहरणीय काम गरेको बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा परिवार कल्याण महाशाखाका निर्देशक डा. आरपी बिच्छाले भन्नुभयो, ‘किशोरकिशोरीको आवश्यकतालाई सम्बोधन गरेर सबै स्वास्थ्य केन्द्रमा उनीहरुको मानसिक र शारीरिक अवस्थालाई बुझ्न खोज्यौँ तर हामीले चाहे जस्तो नतिजा ल्याउन सकेका छैनौं । त्यसैले किशोरकिशोरीको स्वास्थ्यमा लगानी बढाउनुपर्छ ।

प्रत्येक सरकारी विद्यालयमा एक जना नर्स राखिएको र यसले पक्कै लक्ष्यमा पुग्न सहयोग पुग्ने उहाँको दावी छ ।
तर एक जना नर्सले किशोर किशोरीलाई सम्पूर्ण कुरा बुझाउन नसक्ने भएकाले पाठ्यक्रममा नै राख्नुपर्ने भए पनि हटाइएको चुनौतीको विषय बनेको सहभागीले दावी गरेका छन् ।

कार्यक्रममा सहभागीहरुले बढ्दो सामाजिक सञ्जालको दुरुपयोगले किशोर किशोरीमा नकारात्मक असर पारेको र यस विषयलाई संम्वेदनशील रुपमा लिन सरोकारवालाहरुलाई आग्रह समेत गरेका छन्।

किशोरकिशोरी स्वास्थ्य तथा विकास गर्नमा अझै थुप्रै चुनौतीहरु रहेको सहभागीहरुले बताएका छन् ।

चुनौतीहरु ः

समाजमा रहेका विद्यमान कुरीति, कुसंस्कारका कारण किशोरकिशोरीमा सेवा लिनमा, बालविवाह रोक्नमा कठिनाइ ।

सामाजिक सञ्जालका प्रयोग बढ्दो मात्रामा छ, यसको गलत प्रयोगको कारणबाट किशोरकिशोरी खराब क्रियाकलापतर्फ आकर्षित हुन सक्ने खतरा ।

कार्यक्रमको प्रभावकारिता मापन गर्नको लागि स्वास्थ्य व्यवस्थापन तथा सूचना प्रणालीमा समावेश भएका सूचकांकहरुले मात्रै कार्यक्रमको सम्पूर्ण प्रभावकारीता मापन हुन नसक्ने ।

किशोरकिशोरीमैत्री सेवा पमाणित भएका स्वास्थ्य संस्थाहरुमा गुणस्तरीय सेवाको निरन्तरता ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -