Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

निर्वाचन सुरक्षाका लागि हातहतियार...

रौतहट,०७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष,...

रौतहटमा लागूऔषधसहित भारतीय नम्बरका...

रौतहट,०७ माघ । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी टोलीले जिल्लाका विभिन्न...

सर्लाहीमा १३३ जनाको उम्मेदवारी,...

सर्लाही । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाहीका चारै निर्वाचन...
spot_imgspot_imgspot_img
15.2 C
Kathmandu
18.5 C
Birgunj
spot_img

प्रदेश सरकार केन्द्र मातहत हो : प्रधानमन्त्री ओली

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सरकार र स्थानीय सरकार केन्द्र सरकार मातहत रहेको बताएका छन् । प्रदेश र स्थानीय सरकार स्वतन्त्र सरकार नरहेको भन्दै उनले केन्द्र सरकार मातहत नै रहेको कुरा कुनै अनौठो नभएको बताए ।

नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसदले प्रदेश सरकारलाई केन्द्र सरकार मातहत जस्तो व्यवहार भएको भनी गरेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले यो कुनै अनौठो कुरा नभएको बताए ।

‘अहिले ७६१ सरकार छन्, कुन सरकारले के गर्ने, सबै स्वतन्त्र सरकार होइनन् । कसैले भन्दै हुनुहुन्थ्ग्यो प्रदेश सरकार केन्द्र सरकार मातहत नै हो भन्ने जसरी व्यवहार भएको छ’ उनले भने ‘केन्द्रको मातहत नै हो । संघीय सरकार, संघीय कानूनको मातहतमै प्रदेश सरकार र स्थानीय सरकारहरु हुन्छन् । यो पनि कुनै अनौठो कुरा हो र ?’

प्रदेश सरकार स्वतन्त्र सरकार होइन भन्नेमा अलमल नराख्न पनि प्रधानमन्त्री ओलीले आग्रह गरे । ‘स्वतन्त्र सरकार त होइनन् नि, ती संघीय सरकारकै मातहत हुन् । यस्तो कुरामा अलमल राख्नुहुन्न ।’

संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय गर्नका लागि प्रदेश समन्वय परिषद र अरु समन्वयकारी कामहरु भइरहेको पनि उनले बताए । प्रधानमन्त्री ओलीले चालु आर्थिक वर्षमा कुन सरकारले के काम गर्ने भन्ने विषयमा पनि थिति बसाएको बताए ।

ताजा समाचार

थप समाचार