महिलाहरु पार्टीमा जानुपरेमा जहिले पनि कन्फ्युजमा हुन्छन् । कुन ड्रेससँग कस्तो मेकअप गर्ने उनीहरु अन्योलमा रहन्छन् । महिलाहरुलाई घरायसी काम पनि गर्नुपर्ने भएकोले उनीहरुलाई पार्लरमा गएर मेकअप गर्ने समय हुँदैन् ।
बिबाहको मौसम छ । बिबाहमा प्रायः बेहुलीको मेकअपको मात्र कुरा हुने गरेको छ । बेहुली सबैको नजरमा पर्ने भएकोले मेकअप खास हुनु परि हाल्यो । तर, पार्टीमा जानेहरुको लागि पनि मेकअप उती नै जरुरी हुन्छ । ब्राइडल मेकअपको बारेमा त चर्च सधैं भइरहन्छ तर पार्टीमा जानेहरुको मेकअपको बारेमा कमै चर्चा हुने गर्छ । उनीहरु पनि बेहुली भन्दा कम देखिन चाहदैनन् । आज पार्टीमा जाने महिलाहरुले कस्तो मेकअप गर्ने भनेर जानकारी दिनेछु ।
कसरी गर्ने मेकअप ?
मेकअप एक कला हो । केवल अनुहारमा क्रिम पाउडर लगाउँदैमा मेकअप हुँदैन् । मेकअप यस्तो हुनुपर्छ जसले लुकेको सुन्दरता बाहिर नजर आओस् । यदि अनुहारको सेप, छालाको रंग र आफ्नो पर्सनालिटी अनुसार मेकअप भएन भने कुरुप हुन बेर लाग्दैन् । मेकअप गर्दा थोरै मात्र ध्यान दिएमा आफ्नो सुन्दरतामा थप निखार ल्याउन सकिन्छ ।
सबैभन्दा पहिला आफ्नो छालाको प्रकार कस्तो छ भनेर जान्नु जरुरी हुन्छ । आफ्नो छालाको प्रकार अनुसारको क्लिन्जिङ मिल्कले अनुहारको क्लिन्जिङ गर्नुपर्छ । त्यसपछि मोस्चराइजरको साहयताले अनुहारको छालालाई मोश्चर गर्नुपर्छ किनभने मेकअप गर्नुअघि मोश्चराइजर लगाउन जरुरी हुन्छ । त्यसपछि प्राइमर लगाउने गर्नुपर्छ ।
अब आइब्रोको पालो आउँछ । आइब्रो पेन्सिलले आइब्रो डार्क गर्ने जसको आइब्रोको सहि सेप छैन उसले पेन्सिलको साहयताले आइब्रोको सेप दिनुपर्छ । त्यसपछि आइ मेकअप गर्नुपर्छ । अनुहारको सुन्दरता झल्काउनको लागि आइ मेकअप जरुरी हुन्छ । आँखाको सुन्दर देखाउनको लागि ड्रेस अनुसार म्याचिङ आइस्याडोको प्रयोग गर्न सकिन्छ । टिनएर्जसको लागि न्युड मेकअप चल्तिमा रहेको छ भने महिलाहरुले लाइट कलरको आइस्याडो प्रयोग गर्न सक्नु हुन्छ ।
गाजल लगाउँदा सानो आँखा भएकोले वाटर लाइनमा लगाउनु हुँदैन् । वाटर लाइनमा ह्वाइट कलरको प्रयोग गर्नुपर्छ जसले गर्दा आँखा ठूलो देखिन मद्दत गर्छ । आँखाको माथिको भागमा लाइनर लगाउनुपर्छ । अनि मात्रै मस्करा लगाउनुपर्छ । आईल्यासेस कम छ भने बजारमा अहिले नक्कली आईल्यासेस पनि पाइन्छ । त्यसको प्रयोग गर्न सकिन्छ ।
आँखाको मेकअपपछि मात्रै फेस मेकअपको पालो आउछ । छालाको टोन अनुसार छालाको बेस तयार गर्ने । मेकअप बेस तयार गर्नु मेकअपको सबैभन्दा महत्वपुर्ण हुन्छ । यसबाट अनुहारको पिंपल्स, दागधब्बा, तिलकोटी लुकाउन सकिन्छ । कन्सिलरको प्रयोग गर्दा छालाको टोन भन्दा एक टोन लाइट कलरको प्रयोग गर्नुपर्छ । त्यसपछि छालाको टोन अनुसारको फाउन्डेसनको प्रयोग गर्ने । फाउन्डेसन छालामा राम्रोसँग ब्लेन्ड गनुपर्छ यसमा सचेत हुनुहोस् । बेस तयार भइसकेपछि पाउडर कन्ट्रोलरको साहयताले फेस कन्ट्रोल गर्ने । ब्लसर लगाउने र चिक बोनमा हाईलाइट गर्ने ।
मेकअपको अन्त्यमा ओठको मेकअप । आफ्नो ड्रेस अनुसार लिपिस्टिकको प्रयोग गर्ने । टिका लगाउन चाहनुहुन्छ भने आफ्नो इच्छा अनुसार टिकाको प्रयोग गर्ने । अहिले सादा टिका नै फेसनमा छ जसलाई आफ्नो ड्रेससँग म्याचिङ गरेर लगाउन सकिन्छ ।
मेकअप गर्दा ध्यान दिनुपर्ने कुराहरु
रातीको पार्टीमा मेकअप गर्दा आँखाको मेकअपमा बिशेष ध्यान दिनुपर्छ । रातीको मेकअपमा साइनिङ वा ग्लिटर युक्त आइस्याडो प्रयोग गर्न सकिन्छ । ओठलाई आकर्षक लुक दिनको लागि हल्का लिपिस्टिक लगाउन सकिन्छ । आफुलाई मनपर्ने लगाउन पनि सकिन्छ ।
दिउँसोको पार्टीमा मेकअप गर्दा हल्का आइस्याडो प्रयोग गर्नुपर्छ । आफ्नो इच्छा अनुसार कपडासँग म्याचिङ गरेर पनि आइस्याडो लगाउन सकिन्छ । लाइट लिपिस्टिकको प्रयोग गर्नुपर्छ ।
यि गल्ती नगर्नुहोस्
मेकअप गर्दा आफ्नो अनुहारको स्ट्रक्चरको बारेमा थाहा भएन भने मेकअप राम्रो देखिदैन् । आफ्नो आई सेपको ज्ञान भएन भने आई मेकअप राम्रो देखिँदैन् । गाजल लगाउने वित्तिकै नसुकिकानै माथि हेर्न हुँदैन्। त्यसो गर्दा गाजल पुछिने सम्भावना हुन्छ । त्यस्तै आइल्यासेस टाँस्दा पनि ध्यान दिनु जरुरी हुन्छ । लाइन भन्दा माथि टाँस्दा नराम्रो देखिन्छ । आई ल्यासेस टाँस्ने ग्लु राम्रो प्रयोग गर्नुपर्छ । नत्र निस्कन सक्छ ।
फाउन्डेसन प्रयोग गर्दा आफ्नो छालाको टोन अनुसार गर्नुपर्छ । मेकअपको सबै सामान प्रयोग गर्दा प्रोडक्टमा ध्यान दिनुपर्छ किनभने अनुहारको छाला निकै कोमल भएकोले गुणस्तरीय प्रोडक्टमा जोड दिनुपर्छ ।
-Kendrabindu