यता पनि पप्पु कन्ट्रक्सनको काण्ड, सिरहा–धनुषाको पुल अझै शुरू भएन

spot_img

लहान, २५ वैशाख – हुलाकी सडकमा पर्ने सिरहा र धनुषाको सिमानामा निर्माणधीन कमला नदीमा पुल र सप्तरी र सिरहाको सीमामा पर्ने बलान नदी पुलको काम अझै शुरु भएको छैन ।

दुवै निर्माणधिन पुल अलपत्र अवस्थामा रहेको कारण वर्षौदेखि सर्वसाधारण सास्ती भोग्दै आएका छन् । दुवै पुल यथाशीघ्र निर्माण गर्न संघर्ष गर्दै आएको हुलाकी सडक संघर्ष समितिसंग सरकारले गत माघ १९ गते सम्झौता गरेको थियो ।

दुवै पूल २०७७ साल वैशाख २ गतेसम्म तयार हुने र अगामी फागुन १५ गतेदेखि दुवै पुलको निर्माण कार्य शुरु गर्ने भनि गत माघ १९ गते सिरहामा प्रधानमन्त्री केपी ओलीको आगमनको बेला संसदीय विकाश समितिको सभापति कल्याणी खड्काको रोहबरमा दुवैपक्षबीच सहमति भएको थियो । तत्पश्च संघर्ष समितिका पदाधिकारीले एक महिना तीन दिन लामो रिले अनशन तोडेको थियो ।

पप्पु कन्ट्रक्सनले दुवै पुलको ठेक्का लिएका छन् । सिरहा र धनुषा जोड्ने कमला नदीको पुल निर्माण गर्न पप्पु कन्ट्रक्सनले ३० मंसिर ०७१ मा सम्पन्न गर्ने गरी ३१ जेठ ०६८ मा सम्झौता गरेको थियो ।

साढे सातवर्ष वित्दा समेत अझै कमलाखोलाको पुल निर्माण गरेको छैन । पप्पु कन्ट्रक्सनले नै निर्माण गर्ने सिरहा र सप्तरी जोड्ने बलान पुल पनि अलपत्र अवस्थामा छ । उक्त पुल निर्माणको लागि केहि पिलर गाडेर अलपत्र छाडेका छन् ।

एक महिनाभन्दा बढी वित्दान समेत काम शुरु नभएको भन्दै संघर्ष समितिले सातदिने अल्टिमेटम सहित सिरहाका प्रमुख जिल्ला अधिकारीलाई स्मरण पत्र पठाएको छ ।

हुलाकी सडक संघर्ष समितिका केन्द्रीय संयोजक रामरिझन यादव र समितिका सिरहा जिल्ला संयोजक मनोज पासवानको संयुक्त हस्ताक्षर सहितको स्मरणपत्र समितिले सिरहाका प्रमुख जिल्ला अधिकारीलाई सामेबार बुझाउँदै आन्दोलनको चेतावदी दिएको छ ।

एकहप्ता भित्र ठेकेदार कम्पनीले काम शुरु नगरे आन्दोलन गर्ने चेतावनी समेत स्मरणपत्रमा उल्लेख छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय