spot_img

आफ्नो दोस्रो बिहेमा श्रीमतीलाई दिदी र छोरालाई भान्जा बनाएर जन्ती लैजाने पक्राउ

spot_img
spot_img

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका-११ घर बताउने ३५ वर्षीय वीर बहादुर स्याङतान बहुविवाह गरेको आरोपमा रौतहटबाट पक्राउ परेका छन् । रौतहटको चन्द्रपुर नगरपालिका-१ की एक महिलासँग विवाह गर्ने क्रममा उनी पक्राउ परेका हुन् ।

दोस्रो विवाह गर्न रौतहट पुगेका स्याङतानले श्रीमतीलाई दिदी र छोरालाई भञ्जा बनाएरसँगै जन्ती लगेका थिए । वैदेशिक रोजगारको सिलसिलामा साउदी पुगेका उनी चार वर्षदेखि चन्द्रपुर नगरपालिकाकी एक युवतीसँग फेसबुकमार्फत प्रेम सम्बधमा थिए ।

केटी पक्षले २३ (सोमबार) गते नै विवाहको तयारी गरे पनि स्याङतान २४ गते बिहान पुगेका थिए । सामान्य भेषमा पुगेका उनले बेहुलीका लागि कुनै सामान लगेका थिएनन् । उनको अवस्था देखी शंका लागेर स्थानीयले गाउँमा नै थुनेर राखेका थिए । मंगलबार बिहान केरकार गर्दा उनीसँग जन्ती बनेर आएकी महिला श्रीमती र बच्चा छोरा भएको खुलासा भएको थियो ।

गाउँमा हल्ला भएपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट गएको टोलीले स्याङतान, उनकी श्रीमती संन्जी र छोरालाई पक्राउ गरेको थियो । पक्राउ परेपछि स्याङतानले आफूसँग लामो समयदेखि फेसबुकमा ‘लभ’ परेको र बिहेको कुरासमेत गरेकाले आएको बताए । उनले भने, ‘घरकी श्रीमती फकाउन समय लागेकाले ढिला गरी भए पनि विवाहका लागि आएँ ।’

श्रीमानको दोस्रो विवाह गराउन आएकी संन्जीले बुढाको ढिपीका अगाडि आफ्नो केही नलागेकोले दिदी बनेर ढाँटेकाे बताएकी छन् । उनले भनिन्, ‘श्रीमानले ढिपी गरेपछि विवाह गराउन दिदी बनेर आएँ, अरू केही होइन् ।’

केटीको घरबाट पक्राउ परेका स्याङतान र उनकी श्रीमतीको विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक सन्तोष पाठकले बताएका छन् । केटी पक्षले भने उनीहरु केटी बेच्ने हुन सक्ने आशंका गरेका छन् ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय