बिहिबार, फाल्गुन १०, २०८०
Thu, February 22, 2024

देशभर मौसम बदलीरहेको छ...

अहिले देशैभरको मौसम बदली भएर केही ठाउँमा पानी परिरहेको छ । मौसम पूर्वानुमान...

आज – १० फाल्गुण...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनावश्यक झमेलामा परिएला...

बीरगन्जमा लगाइएको कर्फ्यू ...

बीरगन्ज,०९ फागुन । बीरगन्जमा दुई फरक धर्मसमुदायबीचको द्वन्द्वका कारण सोमबारदेखि लगाइएको कर्फ्यू बुधबार...

बारामा बाघले आक्रमण गर्दा...

बीरगन्ज,०९ फागुन । जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. १६ भद्रकाली स्थित पूर्व पश्चिम...
10.1 C
Kathmandu
16 C
Birgunj

द कपिल शर्मा शोः अर्चनालाई सिद्धूले चिठी लेखेर भने, ‘मेरो कुर्सी छोडिदेउ’

सिफारिस

नवजोत सिंह सिद्धू कुनै पनि मुद्दामा आफ्नो खुल्ला विचार राख्नका लागि चर्चित छन् । उनी द कपिल शर्मा शोका महत्वपूर्ण हिस्सासमेत हुन् । यद्यपी, पुलवामा हमलामाथि उनको बयानले इन्टरनेटमा उनीबारे विभिन्न नकारात्मक टिप्पणी आए जसका कारण निर्माण पक्षले सिद्धूलाई कार्यक्रमबाट हटाउनु पर्यो । उनको सट्टामा अर्चना पूरण सिंहलाई राखिएको छ ।

- Advertisement -

द कपिल शर्मा शोको शनिबारको एपिसोडमा कपिल शर्माले नवजोत सिंह सिद्धूले पठाएको एक पत्र लिएर सेटमा आए र त्यो सबैको सामुन्ने पढेर सुनाए । पत्रका लेखिएका शब्द यति रोचक थिए कि सबैजना निकै हाँसे । उक्त पत्रमा लेखिएको थिये, ‘डियर अर्चना, म तिम्रो राम्रो स्वास्थ्यको कामना गर्छु । म कामना गर्छु कि तिमी निकै स्वस्थ हौ । यति स्वस्थ कि तिमीलाई सोफामै बस्न गाह्रो होस् । ’

कपिलले सिद्धूले लेखेको पत्र पढ्छन्, ‘म तिम्रो लागि आफ्नो घर छोड्न सक्छु । आफ्नो काम छोड्न सक्छु र आफ्नो शहर छोड्न सक्छु । तर तिमीले मेरो कुर्सी छोड्नुपर्छ । तिम्रो प्यारो नवजोत सिंह सिद्धू ।’

- Advertisement -

स्मरण रहोस्, नवजोत सिंह सिद्धूको ठाउँमा अर्चना जब आएकी थिइन् तब कपिलले उनलाई ननिकालेको स्पष्टिकरण दिएका थिए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार