spot_img

रसिकको ‘सर्वरत्न’ विमोचन गर्दै प्रचण्डले भने : पद्मरत्त तुलाधर बहुआयामिक व्यक्ति

spot_img
spot_img

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पद्मरत्न तुलाधर बहुआयामिक व्यक्ति भएको बताएका छन्। आज पत्रकार एवं साहित्कार जितेन्द्र श्रेष्ठले लेखेको तुलाधरको संघर्ष र सफलताबारेको पुस्तक विमोचन गर्दै प्रचण्डले उक्त भनाई राखेका हुन्।

राजधानीको क्षेत्रपाटीस्थित क्षेत्रपाटी पार्टी प्यालेसमा आयोजित समारोहमा उलने भने, ‘पद्मरत्नजी विविध आयाम भएका व्यक्ति हुनुहुन्छ। भाषा आन्दोलन, पहिचानको आन्दोलन, पत्रकारिताको आन्दोलनमा, मानवअधिकारका रुपमा साहित्यकारका रुपमा उहाँका धेरै व्यक्तित्वका आयाम छन्। उहाँको बारेमा चर्चा गर्दै आएका थियौ।’ उहाँ गुम्दा हामीले अभिभावक गुमायौ।

शान्ति प्रक्रिया सफल पार्ने नेताका रुपमासमेत पद्मरत्नको योगदान रहेको उल्लेख गर्दै प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सम्बन्धित सबै पक्षलाई सक्दो सहयोग गर्न आह्वान गरे।

अध्यक्ष दाहालले शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गर्न सरकारले सोसँग सम्बन्धित ऐन संशोधन गरेर सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानवीन आयोगको नयाँ गठन प्रक्रिया सुरु गरिसकेको पनि जानकारी दिए।

अध्यक्ष दाहालले अन्तराष्ट्रिय मानव अधिकारसम्बन्धी मूल्य र मान्यताको आधारमा शान्ति प्रक्रिया अन्तर्गत सेना समायोजनलगायतका महत्वपूर्ण काम सम्पन्न भईसकेको उल्लेख गर्दै बाँकी कामलाई पूर्णता दिन ढिलाई गर्न नहुने पनि बताए।

त्यस अवसरमा प्रचण्डले आफू नेतृत्वको तत्कालीन माओवादी विद्रोहीलाई शान्ति प्रक्रियामा ल्याउन स्वर्गीय पदमरत्न तुलाधरले पुर्‍याएको योगदानको स्मरण पनि गराए।

कार्यक्रममा पूर्व सभामुख दमननाथ ढुंगानाले पनि स्वर्गीय पदमरत्न तुलाधरले नेपालको लोकतान्त्रिक आन्दोलन, भाषिक आन्दोलन र पहिचानको आन्दोलनमा दिनु भएको योगदानको स्मरण गराए। ब्रदर बुक्सले बजारमा ल्याएको पुस्तकको मुल्य ३२५ रुपैयाँ तोकेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय