spot_img

बुद्धि तामाङ भन्छन् ‘कलाकार हुँ, फरक भूमिका पाउँदा लोभिन्छु’

spot_img
spot_img

काठमाडौैं – फिल्ममा पहिलोपटक खलपात्रको भूमिकामा देखिदैछन् बुद्धि तामाङ अर्थात ‘हैट’।

‘वीर बिक्रम २’मा उनी नकारात्मक भूमिकामा देखिने दर्शकले ट्रेलरबाट अनुमान लागइसकेका छन्।

बुद्धिलाई पछिल्लो समय एउटै किमिमको मूभिको अभिनय गर्दै आएको आरोप लाग्ने गरेको छ। उनी यस आरोपलाई स्वीकार्छन् पनि। त्यसैले पनि आफू नकारात्मक भूमिकाका लागि तयार भएको उनी बताउँछन्।

उनले भने ‘मैले अहिलेसम्म साहयक भूमिकामा अभिनय गर्दै आएको छु। तर, यसमा नेगेटिभ भूमिका छ। म कलाकार हुँ, केही नयाँ भूमिका पाउनसाथ लोभिन्छु। म आफै पनि केही नयाँ गर्न चाहन्थे।’

फिल्ममा उनले दर्शक हँसाउन भने नछोड्ने बताए।

‘फिल्ममा मेरो क्यारेक्टर यो पाली अलिअलि इन्टरटेनिङ र इरिटेटिङ किसिमको छ। हँसाउने शैली छोडेको छैन’ उनले सुनाए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय