आइत, चैत्र १२, २०७९
Sun, March 26, 2023
आइत, चैत्र १२, २०७९
Sun, March 26, 2023
13.8 C
Kathmandu
16 C
Kathmandu
23 C
Birgunj

हेटौंडामा भेटियो अवैध डेढ किलो सुन, एक जना पक्राउ

सिफारिस

काठमाडौं, २६ वैशाख – प्रहरीले मकवानपुरमा पहिलो पटक अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

- Advertisement -

काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ८ ख ३७९३ नम्बरको बस चेकजाँचका क्रममा पूर्वपश्चिम राजमार्ग अन्तर्गत रातमाटेमा सुनसहित भोजपुर षडानन्द नगरपालिका ४ का २९ वर्षका ल्वागुन बिक प्रक्राउ परेका हुन् ।

उनको साथबाट प्रहरीले १ किला ६ सय ४९ ग्राम ८ सय ९० ग्राम सुन बरामद गरेको छ । प्रहरीले बिकले लगाएको दुबै खुट्टाको जुत्ताभित्र र पाईन्टको खल्तीमा लुकाएर ल्याएको सुन बरामद गरेको हो ।

- Advertisement -

इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुणकुमार कुशुवाहको टोलीले हेटौंडा १५ रातोमाटेबाट सुनसिहत उनलाई पक्राउ गरेको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । उनका अनुसार विकले ल्याएको सुनको मूल्य ८५ लाख ८६ हजार २६ रुपैयाँको रहेको छ ।

कारोबारमा संलग्न रहेका बिक दोस्रो पटक लैजादै गर्दा पक्राउ परेको बताइएको छ । पक्राउ परेको सुन र कारोबारमा संलग्न रहेका बिकलाई राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाइने प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -