Date
मङ्ल, बैशाख १६, २०८२
Tue, April 29, 2025
Date
मङ्ल, बैशाख १६, २०८२
Tue, April 29, 2025

जीतपुरसिमरा उपमहानगरमा नदीजन्य ठेक्का...

बीरगन्ज,१६ वैशाख । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा चालु आर्थिक वर्षमा नदीजन्य पदार्थको ठेक्का बन्दोबस्त...

शिक्षा ऐन ल्याउन नसक्ने...

काठमाडौँ,१६ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक सांसद ज्ञानबहादुर शाहीले शिक्षा ऐनसमेत...

विद्युत् प्राधिकरणले प्राविधिक कारण...

काठमाडौँ,१६ वैशाख । नेपाल विद्युत् प्राधिकरणले मंगलबार सार्वजनिक गर्ने भनिएको श्वेतपत्र प्राविधिक कारण...

मकवानपुरमा रुखले च्याप्दा एक...

मकवानपुर,१६ वैशाख । मकवानपुरको बागमती गाउँपालिका–३ स्थित देउजोरमा रुख काट्ने क्रममा च्यापिएर एक...
spot_imgspot_imgspot_img
23.1 C
Kathmandu
33.6 C
Birgunj
spot_imgspot_imgspot_img

समाजवादी पार्टीका असन्तुष्ट समूह नेकपा प्रवेश गर्ने तयारीमा

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ । नवगठित समाजवादी पार्टी नेपालका असन्तुष्ट समूहले नेपाल कम्युनिष्ट पार्टी प्रवेश गर्ने तयारी गरेका छन् । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीसँग भएको एकता सम्मानजनक नभएको भन्दै तत्कालीन नयाँ शक्तिका केही शीर्ष नेताहरु सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने तयारी गरेका हुन् ।

- Advertisement -

पार्टीभित्र परामर्श र छलफल नै नगरी फोरमसँग एकता गरेको भन्दै असन्तुष्ट बनेका केही नेता नेकपामा प्रवेश गर्ने गरी छलफल अघि बढेको एक नेताले बताए ।

‘नयाँ शक्तिको सचिवालयमा रहेका पूर्वमाओवादी समूहका केही शीर्ष नेता नेकपामा प्रवेश गर्ने गरी अध्यक्ष प्रचण्डसँगै संवाद भइरहेको बुझिएको छ । नेकपामा जाँदा उनीहरुलाई दिइने पदबारे छलफल जारी रहेको तर निष्कर्षमा पुगि नसकेको बताइएको छ । उनीहरुलाई सम्मानजनक स्थान दिएर पार्टीमा भित्र्याउने नेकपाको तयारी छ ।

- Advertisement -

स्रोतका अनुसार पूर्वमन्त्री समेत रहेकी नेता कल्पना धमलाले यो समूहको नेतृत्व गरेकी छन् । प्रचण्डसँग संवादमा पनि नेता धमला नै छिन् । आज प्रचण्ड आफ्नो विवाहको ५० औँ वर्षगाँठ मनाउने कार्यक्रममा व्यस्त भएको हुँदा ठोस रुपले संवाद अगाडि नबढेको बताइएको छ ।

बुधबार मात्रै सो पार्टीका असन्तुष्ट समुहले छुट्टै भेला समेत गरेका थिए । सो भेलामा पूर्व नयाँ शक्ति पार्टीका सचिवालय सदस्यहरु कल्पना धमला, भक्तबहादुर शाह, रामबहादुर बोहोरा, सोनामसिंह स्याङतान, ज्ञानेन्द्र कुमाल, देवेन्द्र पराजुली, विज्ञ परिषद् सदस्य मदन राई, लगायतका नेताहरु सहभागी थिए । नेता राईबाहेक अन्य नेता पूर्व माओवादीबाट नयाँ शक्तिमा गएका थिए । यीनै असन्तुष्ट पूर्वमाओवादी समूहका नेताहरु नेकपामा प्रवेश गर्ने गरी छलफल अगाडि बढेको हो । उनीहरु फोरमसँगको पार्टी एकता प्रकृया नै गलत भएको निष्कर्ष निकाल्दै विकल्पको खोजीमा लागेका हुन् ।
यद्यपी उनीहरुले आफ्ना मागबारे समाजवादी पार्टीका नेताहरुसँग तत्काल कुरा गर्ने पनि बताए ।

असन्तुष्ट नेताहरु नवगठित पार्टीमा केन्द्रीय पदाधिकारी समितिमा नपरेको भन्दै रुष्ट बनेको स्रोतको दावी छ । यही अवस्थालाई मध्यनजर गर्दै समाजवादी पार्टीले उनीहरुलाई समेट्ने गरेर छलफल अगाडि बढाइरहेको बताइएको छ । आफना माग बारे कुरा गर्न असन्तुष्ट नेताहरुले आजै अध्यक्ष डा बाबुराम भट्टराईलाई भेटेर ज्ञापनपत्र समेत बुझाउँदै छन् ।
बुधबारमात्रै तत्कालीन नयाँ शक्तिकी केन्द्रीय कार्यकारीणी सदस्य सीमा विश्वकर्मा नेकपामा प्रवेश गरेकी थिइन् ।

ताजा समाचार

spot_img

थप समाचार