Date
मङ्ल, बैशाख १६, २०८२
Tue, April 29, 2025
Date
मङ्ल, बैशाख १६, २०८२
Tue, April 29, 2025

नेपाल प्रहरीमा ६ डीआईजी...

काठमाडौं,१६ बैशाख । सरकारले नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षिक (डीआईजी) लाई...

माओवादी सांसदले मागे प्रधानमन्त्रीको...

काठमाडौँ,१६ वैशाख । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले लामो समयदेखि जारी शिक्षक आन्दोलनप्रति सरकार...

जीतपुरसिमरा उपमहानगरमा नदीजन्य ठेक्का...

बीरगन्ज,१६ वैशाख । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा चालु आर्थिक वर्षमा नदीजन्य पदार्थको ठेक्का बन्दोबस्त...

शिक्षा ऐन ल्याउन नसक्ने...

काठमाडौँ,१६ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक सांसद ज्ञानबहादुर शाहीले शिक्षा ऐनसमेत...
spot_imgspot_imgspot_img
23.1 C
Kathmandu
33.6 C
Birgunj
spot_imgspot_imgspot_img

शौखिन नीता अम्बानीः ४० लाखको लिपिस्टिक, ३ लाखको चिया

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

एजेन्सी – एसियाकै धनि मुकेश अम्बानीकी श्रीमती नीता अम्बानीको जीवनशैलीप्रति धेरैले चासो राखेको पाइन्छ । उनी व्यवसायी महिला हुन् यसका साथै उनको पहिरन, रहनसहन र दैनिक जीवनयापन आम महिलाको भन्दा फरक छ । उनको विलासी जीवनशैलीले धेरैलाई आश्चर्यमा पनि पार्ने गर्दछ ।

- Advertisement -

निजी जेट विमान, महङ्गा कार, ब्रान्डेड घडी र व्याग मात्र होइन उनका हरेक सामान यति उच्च कोटीका हुन्छन् कि कुनै एक साधारण महिलाको लागि वर्षौसम्म जीवनयापन गर्न पुग्ने खर्च हुन आउँछ ।

उनले दैनिक जीवनयापनका क्रममा प्रयोग गर्ने यी सामानहरु जुन कुनै साधारण मानिसले कल्पना पनि गर्न सक्दैनः

- Advertisement -

३ लाख (भारु) चिया
नीता अम्बानीले दैनिकी चियाबाट सुरु हुन्छ । उनी हरेक विहान जापानको सबैभन्दा पुरानो क्र्रेरी ब्राण्डको नोरिटेकको कपमा चिया पिउँने गर्छिन् । यो कपको मूल्य ३ लाख भारु पर्छ ।

कारको सोख
नीता अम्बानीको मनपर्ने कार ‘मेबेक ६२’ हो । जुन उनका पति मुकेश अम्बानीले उनलाई उपहारको रुपमा लण्डनबाट मगाएका थिए । ‘मेबेक ६२’ कार भारतमा भित्र्याउने पहिलो व्यक्ति हुन् मुकेश अम्बानी । यसको मूल्य १० करोड भारु पर्छ ।

स्टाइलिश जुत्ता
नीता अम्बानी कहिल्यै पनि दोहोर्याएर जुत्ता लगाउँदिनन् । उनी धेरैजसो गार्सिया, जिम्मी चू, पेलमोडा, पाड्रो, मार्लिन जस्ता ब्राण्डेड जुत्ता लगाउँछिन् । उक्त जुत्ताको मूल्य ५ लाख भारु पर्छ ।

घडीको कलेक्शन
उनी घडी पनि ब्राण्डेड नै लगाउँछिन् । उनीसँग बुल्गरी, कार्टियर, राडो, गुच्ची, केल्विन क्लाइन र फान्सिल जस्ता ब्राण्डको घडिको कलेक्शन छ । यी घडीहरुको मूल्य १० देखि २० लाख पर्छ ।

गर–गहना
उनी परम्परागत गर–गहना लगाउँन मन पराउँछिन् । कार्यक्रमहरुमा भने उनी हिराको औँठी सधैँ लगाउँछिन् । यसको मूल्य करिब ५ देखि ७ लाख भारु पर्छ । उनलाई यो औँठी अम्बानीले प्रेम प्रस्ताव राख्दा दिएका थिए ।

सारी कलेक्शन
उनीसँग अन्य सामान जस्तो महङ्गा सारीको कलेक्शन छ । उनका सारीको चर्चा बारम्बार भइरहन्छ । उनको सारी लगभग ४० लाख बराबरको हुन्छ । उनी अब्बू जानी सन्दीप खोसला, अनामिका खन्ना, मनीष मल्होत्रा जस्ता डिजाइनरले बनाएको सारी लगाउने गर्छिन् ।

व्याग
उनीसँग संसारकै सबैभन्दा महङ्गो व्याग कलेक्शन छ । शनेल, गोयार्ड, जिम्मी चू ब्राण्डका व्यागको मूल्य लगभग ४ लाख भारुबाट सुरु हुन्छ ।

लिपिस्टिक
कार्यक्रमहरुमा नीता अम्बानी मेकअप गरेर नै उपस्थित हुने गर्छिन् । उनको एक्सक्लुसिब अर्डरमा बन्ने लिपिस्टिकको मूल्य ४० लाख भारु रहेको छ ।

निजी जेट
नीता अम्बानीको आफ्नौ प्राइभेत प्लेन छ । जुन उनलाई मुकेश अम्बानीले उनको जन्मदिनमा दिएका थिए । उक्त प्लेनको मूल्य ४१५ करोड भारु रहेको छ ।

ताजा समाचार

spot_img

थप समाचार